Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पर्यटन प्रवर्द्धनमा सञ्चारकर्मीको भूमिका अहम् :मन्त्री चौधरी 

पर्यटन प्रवर्द्धनमा सञ्चारकर्मीको भूमिका अहम् :मन्त्री चौधरी 

  • 1.9K
    SHARES

  • पर्यटन प्रवर्द्धनमा सञ्चारकर्मीको भूमिका अहम् :मन्त्री चौधरी 

    बुटवल,असार १९ ।

    लुम्बिनी प्रदेशका पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्री डिल्ली चौधरीले  लुम्बिनी प्रदेशमा धार्मिक पर्यटकहरूको   सम्भावना  धेरै रहेको बताएका छन् ।

    उनले  लुम्बिनी प्रदेशमा रहेको लुम्बिनी ,  रुरु क्षेत्र , स्वर्गदारी जस्ता  महत्वपूर्ण धार्मिक क्षेत्रमा थप आन्तरिक र बाह्य पर्यटक भित्राउन लागि सरकारले काम गर्ने  भन्दै  पर्यटनलाई हरेक क्षेत्र सँग जोडेर अगाडि  जान लागेको बताए ।
    लुम्बिनी बौद्धिक पर्यटनको क्षेत्र भएकोले देशमै सबैभन्दा धेरै पर्यटक भित्राउन सक्ने प्रदेश रहेको बताए।
    सांस्कृतिक, प्राकृतिक र धार्मिक पर्यटनको क्षेत्रलाई जोडेर पर्यटनमा देश र प्रदेशलाई पर्यटनमा अब्बल बनाउन सञ्चार कर्मीको भूमिका महत्त्वपूर्ण रहेकोमा जोड दिए।

    नेपाल पर्यटन पत्रकार महासङ्घ रुपन्देहीको आयोजनामा आयोजित आन्तरिक पर्यटन प्रवर्द्धनको लागि सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री चौधरीले  मुख्य रूपमा लुम्बिनीलाई केन्द्र बिन्दुमा राखेर प्रदेशलाई पर्यटनको हबको रूपमा स्थापित गर्नको लागि सबै क्षेत्र लाग्नुपर्नेमा जोड दिए।उनले लुम्बिनी प्रदेशका १२ जिल्लालाई फरक फरक हिसाबले पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न लागेको बताए।

    उनले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने बताउँदै स्थानीय क्षेत्रमा उत्पादित मदिरालाई ब्राण्डिङ गर्ने योजना बनाएको बताए।उनले पर्यटन प्रवर्द्धनका लागि मिडियाले खेल्ने भूमिका महत्त्वपूर्ण रहने बताए।

    कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका सदस्य  डा दामोदर भुसालले  प्रदेशमा भएका  पर्यटकीय क्षेत्रहरूको विस्तार सँगै थप व्यावसायिकीकरण गर्नको लागि  प्रदेश सरकारले  काम गर्नुपर्ने बताए । उनले पर्यटनलाई कृषि देखि अन्य क्षेत्रसँग जोडेर काम  गर्नुपर्ने बताए । उनले पर्यटन विकास आर्थिक क्षेत्रलाई थप चलाउनमा बनाउन सक्ने भए पनि  सही व्यवस्थापन नहुँदा लाभ लिन नसकिएको बताए ।

    कार्यक्रममा बोल्दै पर्यटन विकास परिषद् लुम्बिनीका कार्यकारी निर्देशक रामु जोशीले आन्तरिक पर्यटन प्रवर्द्धनमा  गर्दा   प्रदेशको आर्थिक विकास महत्पूर्ण योगदान दिन सक्ने  भएकोले  पर्यटनमा पूर्वदार , प्रचार र व्यापार सँगै सँगै लैजानु पर्ने बताए ।

    उनले  थप  पर्यटन भित्राउनको लागि  विशेष योजना  सरोकारवालाहरूसँग मिलेर  बनाउने बताए । कार्यक्रममा लुम्बिनी होटेल सङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष लीला मणि शर्मा पौडेल, नाट्टा लुम्बिनी प्रदेश सचिव अञ्जन श्रेष्ठ,पर्यटन व्यवसायी समुन्द्र जि सी,  पर्यटन सम्वन्धनी  जानकार युवराज कँडेल ,  पत्रकार दीपेन्द्र बडूवाल लगायतले बोलेका थिए। कार्यक्रम पर्यटन पर्यटन नेपाल पर्यटन पत्रकार महासङ्घ रुपन्देही अध्यक्ष नरेश के सी को अध्यक्षता र  सचिव तेजेन्द्र के सी को सञ्चालनमा  सम्पन्न भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology