बुटवल,असार १९ ।
१ सय औं अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा लालटीन बहुउदेश्यीय सहकारी संस्थाले रक्तदान कार्यक्रम गरेको छ । नियमित रुपमा १७ औं पटक लालटीन सहकारीले रक्तदान गरेको हो । नियमित रुपमा गरिएको खुल्ला रक्तदानमा ५५ यूनिट रगत संकलन भएको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत सहकारीले नियमित रुपमा रक्तदान गर्दै आएको अध्यक्ष गंगालाल सापकोटाले जानकारी दिए ।रक्तसंचार केन्द्र बुटवलका प्राविधिक टोलिको सहयोगमा कार्यक्रम गरिएको हो ।
बुुटवल ११ देविनगरमा आयोजना गरिएको रक्तदानमा सहकारीका सदस्य, कर्मचारी सहित विभिन्न व्यक्तिहरुले स्वतस्फूूर्त रुपमा रक्तदान गरेका थिए ।१ सय औं अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा लालटीन बहुउदेश्यीय सहकारी संस्थाले रक्तदान कार्यक्रम गरेको छ ।
नियमित रुपमा १७ औं पटक लालटीन सहकारीले रक्तदान गरेको हो । नियमित रुपमा गरिएको खुल्ला रक्तदानमा ५५ यूनिट रगत संकलन भएको छ ।सामाजिक उत्तरदायित्व अन्तर्गत सहकारीले नियमित रुपमा रक्तदान गर्दै आएको अध्यक्ष गंगालाल सापकोटाले जानकारी दिए ।
रक्तसंचार केन्द्र बुटवलका प्राविधिक टोलिको सहयोगमा कार्यक्रम गरिएको हो । बुुटवल ११ देविनगरमा आयोजना गरिएको रक्तदानमा सहकारीका सदस्य, कर्मचारी सहित विभिन्न व्यक्तिहरुले स्वतस्फूूर्त रुपमा रक्तदान गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)