Logo बिहिवार, आश्विन १ गते २०८३
images

लायन्स क्लव अफ बुटवल सिद्धबाबाको पदहस्तान्तरण,अध्यक्षमा अधिकारी निर्वाचित

लायन्स क्लव अफ बुटवल सिद्धबाबाको पदहस्तान्तरण,अध्यक्षमा अधिकारी निर्वाचित

  • 2.5K
    SHARES

  • लायन्स क्लव अफ बुटवल सिद्धबाबाको पदहस्तान्तरण,अध्यक्षमा अधिकारी निर्वाचित

    बुटवल,असार १७ ।

    लायन्स क्लव अफ बुटवल सिद्धबाबाको पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बर्ष २०२१-०२२ का अध्यक्ष ज्योति भण्डारीले बर्ष २०२२-२३ का अध्यक्ष झबिन्द्र अधिकारीलाइ पदहस्तान्तरण गरेका थिए ।

    सो अबसरमा सचिव भुमि सापकोटा ,कोषाध्यक्ष तुलसीराम भण्डारीलाइ समेत पद हस्तान्तरण गरिएको थियो । अध्यक्ष ज्योति भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष रामप्रसाद बञ्जाडे,पुर्व अध्यक्ष टंक गैरे,गोकर्ण पाण्डे,योगेश घिमिरे,गणेश भट्टराइ, बिजय गुप्ता, डिल्ली नारायण पाण्डेय,निर्वाचन आयुक्त ठाकुरप्रसाद आचार्य , लगायतले बोल्दै क्लवलाइ नमुना र उत्कृष्ट बनाउन सबै एक भएर अघि बढ्नुपर्ने बताए ।

     सो अबसरमा बोल्ने बक्ताहरुले क्लवको इतिहास र गरिमा कायम राख्न नया नेतृत्वलाइ आग्रह गरेको थियो । बर्ष २०२२-२३ का अध्यक्ष झबिन्द्र अधिकारीले क्लवलाइ आफ्नो कार्यकालमा क्यालेण्डर नै बनाएर सामाजिक काम गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।सो अबसरमा क्लवलाइ सहयोग गर्ने सम्पूर्णलाइ मायाको चिनो सहित सम्मान गरिएको थियो ।   

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology