बुटवल,कार्तिक १३ ।
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्डमा बिहिबार भएको सवारी दुर्घटनामा आठ यात्रु घाइते भएका छन् ।
तानसेनबाट बुटवलतर्फ जादै गरेको लु २ ख ३०६७ नम्बरको ट्रिपरले बुटवलबाट पाल्पा आउ“दै गरेको लु १ ख ९९८२ नम्बरको बसलाई ठक्कर दिदा बसमा सवार यात्रु घाइते भएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
घाईतेहरुकाे नामावली :
१- पाल्पा रिब्दीकोट गा.पा.-२ बस्ने बर्ष ४५ को केशवराज भट्टराई (बस चालक अवस्था सामान्य )
२- पाल्पा रिब्दीकोट गा.पा.-१ बस्ने बर्ष २३ को सालिकराम बि.क. ( अवस्था सामान्य )
३-पाल्पा रिब्दीकोट गा.पा.-१ बस्ने बर्ष ५८ को चन्द्र बहादुर सुनार ( अवस्था सामान्य )
४- जिल्ला रुपन्देही बु.उ.न.पा.- ३ बस्ने बर्ष १६ की पुजा सुनार ( अवस्था सामान्य )
५. जिल्ला पाल्पा पुर्बखोला गा.पा.-३ बस्ने बर्ष ३२ की हिरा देबी राना ( अवस्था सामान्य)
६- जिल्ला पाल्पा रिब्दीकोट गा.पा. ४ बस्ने बर्ष ३४ को शेर बहादुर थापा ( अवस्था सामान्य)
७- जिल्ला रुपन्देही तिलोत्तमा न.पा.-३ बस्ने बर्ष ७१ की दुर्पता गैरे ( अवस्था सामान्य )
८- जिल्ला नवलपरासी अस्नैया गणेशबस्ति बस्ने बर्ष ६ को युगेस घर्ति ( अवस्था मध्यम )
उनीहरु सबैको लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेको प्रहरीले जनाएको छ । टिपर र चालकलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।
पाल्पा रम्भामा स्कुटी आफै अनियन्त्रित भइ पल्टिदा २ जना घाईते :
त्यस्तैगरी पाल्पा रम्भामा स्कुटी आफै अनियन्त्रित भइ पल्टिदा २ जना घाईते भएका छन् ।
रम्भा गा.पा.- ५ ठाटी स्थित सिद्धार्थ राजमार्गमा स्याङ्जा देखि पाल्पा तर्फ जादै गरेको लु ४८ प ५६३७ न.को स्कुटि आफै अनियन्त्रित भई पल्टिदा स्कुटि चालक जिल्ला पाल्पा बगनासकाली गा.पा.- २ बस्ने वर्ष ४२ को प्रमोद अधिकारी र पछाडि सवार वर्ष ४० को गोपाल अधिकारी घाईते भई स्थानिय मेडिकलमा उपचार भैरहेकाे प्रहरीले जनाएकाे छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)