Logo बिहिवार, आश्विन १ गते २०८३
images

सशक्त सहकारीद्वारा ३ दिने रणनीतिक योजना निर्माण कार्यशाला

सशक्त सहकारीद्वारा ३ दिने रणनीतिक योजना निर्माण कार्यशाला

  • 1.6K
    SHARES

  • सशक्त सहकारीद्वारा ३ दिने रणनीतिक योजना निर्माण कार्यशाला

    बुटवल,असार १६ ।

    बुटवल उपमहानगरपालिका कार्यक्षेत्र रहेको सशक्त बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ३ दिने रणनीतिक योजना निर्माण कार्यशाला कार्यक्रम सम्पन्न गरेको छ।

    वाणगंगा ३,राजापानी कपिलवस्तुको रिसोर्ट घक् मा सम्पन्न कार्यक्रममा सञ्चालक समिति,लेखा सुपरिवेक्षण समिति,सल्लाहकार समिति,विभिन्न उपसमिति र कर्मचारीहरु गरि ३१ जनाको सहभागीता रहेको थियो। २०७९ असार १० देखि शुरु भएको कार्यक्रम असार १२ गते समापन भएको थियो।

    कार्यक्रममा सहजीकरण रुपन्देही जिल्ला सहकारी संघका कोषाध्यक्ष तथा जिवीका बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष दामोदर पंगेनीले गर्नुभएको थियो।

    सहभागी सबै सदस्यहरुले विभिन्न समूह बनाई व्यापक छलफल गरि,सहकारी स्थापना भएदेखि हालसम्म र अब ३ बर्षभित्र यस सहकारी संस्थालाई सक्षम,दिगो,प्रतिस्पधी,भरपर्दो बनाउन सबै सदस्यहरु कटिबद्ध रहने छन।

    संस्थाका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले यस्ता रणनीतिक योजना पश्चात् सहकारी अझै द्रुतगतिमा अघि बढ्ने छ,यसको प्रत्यक्ष लाभ यस सहकारीका सबै सदस्यहरुले प्राप्त गर्ने बताउनुभयो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology