Logo बिहिवार, आश्विन १ गते २०८३
images

किसान तिलक थारुको खेतमा धान रोपाँइ,बुटवलका मेयर पाण्डेय बने राेपाहार

किसान तिलक थारुको खेतमा धान रोपाँइ,बुटवलका मेयर पाण्डेय बने राेपाहार

  • 2.2K
    SHARES

  • किसान तिलक थारुको खेतमा धान रोपाँइ,बुटवलका मेयर पाण्डेय बने राेपाहार

    बुटवल,असार १५ ।

    बुटवल उपमहानगरपालिकाले धानदिवसको अवसरमा किसानको खेतमा रोपाइ गरेर मनाएको छ ।उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको नेतृत्वमा वडाध्यक्ष सहितका जनप्रतिनिधि, राजनीतिक दलका नेता, कार्यकर्ता, किसानको टोलीले बुटवल १९ का तिलक थारुको खेतमा रोपाइ गरेको हो ।

    वि.सं २०६१ सालमाविश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धानवर्ष घोषणा गरेपछि नेपालमावि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धानदिवस मनाउन सुरु गरिएको हो ।

    रोपाइ कार्यक्रमअघि आयोजित कार्यक्रममा नगरप्रमुख खेलराज पाण्डेले बुटवल १८ र १९ को क्षेत्रलाई हरियाली क्षेत्रका रुपमाविकास गर्ने बताए । उनले सो क्षेत्रमाउत्पादनहुने तरकारी, फलफूल सहितका कृषिजन्यउत्पादनलाई भैरहवा विमानस्थलबाट विदेश लग्ने गरी उत्पादनमा जोड स्थानीयलाई आग्रह गरे ।

    रोपाइ कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, प्रवक्ता शिव राना, वडा नं. १९ का अध्यक्ष चन्द्र सिंह थापासहितका वडाध्यक्ष, सदस्यहरु सहभागी थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology