बुटवल,असार १५ ।
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिनुभएको छ ।
ओलीले मुख्यमन्त्री कुलप्रसाद केसीलाई राजीनामा बुझाउनुभएको हो । प्रेमी भनिएका व्यक्तिको घरमा पुगेर लफडा गरेको भन्दै विवादपछि उहाले माओबादी केन्द्रकै सल्लाहमा राजीनामा दिनुभएको हो ।
उहाले राजीनामा दिएको माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष एवं प्रदेश सभा सदस्य सुदर्शन बरालले पुष्टि गर्नुभयो ।
दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर बस्नेतकी श्रीमती र छोरीलाई हातपात गरेको अभियोगमा उहामाथि छानबिन भइरहेको छ ।
वलीले भने आफूले हातपात नगरेको दाबी गर्दै आउनुभएको छ । वलीका पति उत्तरकुमार ओलीको निधन भएपछि विमला दाङ क्षेत्र नम्बर ३ (ख)मा भएको उपनिर्वाचनमा निर्वाचित भएकी हुनुभएको थियो ।
नेकपाबाट निर्वाचित वलीले माओवादी केन्द्र रोजेपछि उहांलाइ स्वास्थ्य राज्यमन्त्री बनाइएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)