बुटवल,असार १४ ।
अविरल बर्षासंगैको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । बुटवल–पाल्पा सडक खण्डको पाल्पा तिनाउ गाउँपालिका–३ ड्यामसाइड नजिकै बाढीसहितको पहिरो खस्दा आज बिहानैदेखि सडक अवरुद्ध भएको हो ।
अहिलेपनि भारी बर्षा भैरहेकाले सडक संचालनमा आउन सकेको छैन । ठूला ढुंगासहित पहिरो झर्न नरोकिएकाले सडक सञ्चालन हुन केही घण्टा लाग्ने लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
सिद्धबाबा क्षेत्रमा रहेको कुहिरे भीरबाट ठूलो भल सडकमा खसिरहेको पाल्पा दोभानका स्थानीय बिष्णु पाण्डेले नागरिक अनलाइनलाई बताए ।
जेखिमयुक्त यो सडकमा ठांउठांउमा पहिरो खसेको छ । भारी बर्षाले बुटवल बजारसमेत जलमग्न भएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)