Logo बुधवार, श्रावण १३ गते २०८३
images

जबज र अभिव्यक्ति स्वतन्त्रताबीच अन्योन्याश्रित सम्बन्ध : बिष्णु पौडेल

जबज र अभिव्यक्ति स्वतन्त्रताबीच अन्योन्याश्रित सम्बन्ध : बिष्णु पौडेल

  • 2.5K
    SHARES

  • जबज र अभिव्यक्ति स्वतन्त्रताबीच अन्योन्याश्रित सम्बन्ध : बिष्णु पौडेल

    बुटवल,असार १३ ।

    नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले जनताको बहुदलीय जनवाद (जबज) र अभिव्यक्ति स्वतन्त्रताबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताउनुभएको छ । उहाले जनताको बहुदलीय जनवाद मान्ने एमाले सधैं अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको दाबि गर्नुभयो ।

    मदन भण्डारीको ७१ औं जन्मजयन्तीको अवसर पारेर प्रेस चौतारी नेपाल, रूपन्देहीले सोमवार तिलोत्तमामा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै नेता पौडेलले भन्नुभयो –‘हामी अभिव्यक्ति स्वतन्त्रताको पक्षमा छौं । ओठेभक्ति र स्तूति होइन, मनैदेखि सैद्धान्तिक अभिव्यक्ति स्वतन्त्रता हुनुपर्छ भन्ने पक्षमा छौं,’ । 

    मदन भण्डारीले नागरिकलाई अभिव्यक्ति स्वतन्त्रता दिनुपर्छ र प्रतिस्पर्धाका आधारमा समाजमा श्रेष्ठता हासिल गर्न सकिन्छ भन्ने मूल धारणा प्रतिपादन गरेको भन्दै  पौडेलले जनताको बहुदलीय जनवादका अलगअलग विशेषतालाई नागरिकबीच पु¥याउन आफू निरन्तर लागेको समेत दाबि गर्नुभयो ।

    भण्डारीले शिक्षा र स्वास्थ्य सबै नागरिकका लागि सर्वसुलभ बनाउनुपर्छ भन्दै लैंगिक र सामाजिक समावेशीकरणका मुद्दामा काम गर्नुपर्ने विचार प्रतिपादन गरेको नेता पौडेलको भनाइ छ ।

    फरक प्रशंगमा पौडेलले नेताहरू जिल्लामा आउँदा विमानस्थलमा खादा, माला र गाडीका लावालस्कर नलैजान नेता कार्यकताहरूलाई आग्रह गर्नुभयो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology