Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कोरोनाकालमा १ लाख २३ हजार ८४८ नेपाली स्वदेश फर्किए,लुम्बिनी प्रदेशका १२८८३ जना

कोरोनाकालमा १ लाख २३ हजार ८४८ नेपाली स्वदेश फर्किए,लुम्बिनी प्रदेशका १२८८३ जना

  • 2.3K
    SHARES

  • कोरोनाकालमा  १ लाख २३ हजार ८४८ नेपाली स्वदेश फर्किए,लुम्बिनी प्रदेशका १२८८३ जना

    बुटवल,कार्तिक १३-

    कोभिड–१९ को विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा समस्यामा परेका नेपालीहरु स्वदेश फर्किने क्रम जारी छ ।

    सरकारले गत चैतमा अन्तरारष्ट्रिय उडानमा रोक लगाएकोमा सोही बीचमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन चार्डर उडान सञ्चालन गरेको थियो भने हाल सीमित संख्यामा नियमित उडान समेत हुँदै आएको छ । 


    कोरोनाकालमा नियमित र चार्टर उडानमार्फत हालसम्म ३३ देशबाट १ लाख २३ हजार ८४८ नेपाली स्वदेश फर्किएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

    केन्द्रका अनुसार स्वदेश फर्किनेमा सबैभन्दा धेरै खाडी मुलुकमा कार्यरत नेपाली रहेका छन् । युएईबाट ३५ हजार ९९२, साउदी अरेबियाबाट १७ हजार ३२२, कतारबाट २३ हजार १३५, कुवेतबाट ९ हजार ९२३, ओमानबाट २ हजार १२६, बहराइनबाट १ हजार ३३९ नेपाली स्वदेश फर्किएका छन् भने अर्को श्रम गन्तब्य मलेसियाबाट १७ हजार ९२४ नेपाली स्वदेश फर्किएका छन् । 


    विदेशबाट फर्किनेहरुलाई नेपाली सेनाको व्यवस्थापनमा प्रादेशिक रुपमा स्थापना गरिएको होल्डिङ सेन्टरहरुमा लगेर त्यहाँबाट व्यक्तिगत विवरण संकलन, स्वास्थ्य परीक्षण लगायतका आवश्यक प्रक्रिया पूरा गरी सम्बिन्धित प्रदेशहरुको समन्वयमा क्वारेन्टाइनमा पठाउने गरिएको छ।  

    उसो त यसरी नेपाल आउनेको लागि पीसीआर नेगेटिभ हुनुपर्नेलगायतका आवश्यक सबै स्वास्थ्य मापदण्ड समेत पूरा हुनुपर्ने व्यवस्था गरिएको छ । 

    केन्द्रका अनुसार हालसम्म अफगानिस्तान, अस्ट्रेलिया, ओमान, कतार, म्यानमार, कुवेत, जापान, थाइल्याण्ड, दक्षिण कोरिया, बैगलादेश, मलेसिया, माल्दिभ्स, श्रीलंका, युएई, साउदी अरेबिया, सिंगापुर हङकङ, पाकिस्तान, बहराइन, अमेरिका, बेलायत, इजरायल, चीन, टर्की, फिलिपिन्स, स्वीट्जरल्याण्ड, दक्षिण कोरिया, भारत, इराक, साइप्रस, जोर्डन र भुटानबाट नेपाली स्वदेश फर्किएका छन् । 

    प्रदेशगतरुपमा प्रदेश १ का १५ हजार ८६९ नेपाली स्वदेश फर्किएका छन् भने प्रदेश २ बाट १३हजार ५९८, बागमतीबाट १८ हजार ८९२, गण्डकीबाट ९ हजार ९४२, लुम्बिनीबाट १२ हजार ८८३, कर्णालीबाट १ हजार ६३५ र सुदूरपश्चिमबाट १ हजार ८६० नेपाली स्वदेश फर्किएका छन् ।

    यस्तै प्रदेशगत विवरण प्राप्त नभएका ४९ हजार १६९ जना नेपाली स्वदेश फर्किएको केन्द्रले जनाएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology