Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्री द्वारा शपथ ग्रहण

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्री द्वारा शपथ ग्रहण

  • 1.7K
    SHARES

  • नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्री द्वारा शपथ ग्रहण

    काठमाडौं,असार १३।

    एकीकृत समाजवादीबाट नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाएकी हुन् ।

    एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् । शपथपछि मन्त्रीहरुले आजै कार्यभार सम्हाल्दैछन् ।

    यसअघिका पर्यटनमन्त्री प्रेम आले, सहरी विकास मन्त्री रामकुमारी झाँक्री, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ किसानलाई फिर्ता बोलाएको थियो ।

    यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङ अब स्वास्थ्य मन्त्री बनेका छन् भने हिरा केसी पहिलो पटक राज्यमन्त्री बने ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology