बुटवल,असार १२ ।
मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले लागु औषध दुर्व्यसन बिरुद्धको अन्तराष्ट्रिय दिवसमा सचेतनामुलक कार्यक्रम गरेको छ ।
दिवसमा बुटवल उप महानगरपालिका ९ मा रहेको स्कलर्स होम एकेडेमी तथा बुटवल ३ गोलपार्कस्थित लुम्बिनी बोर्डिङ स्कुल बुटवलका कक्षा ९ र १० का विद्यार्थी तथा शिक्षकहरू बिचमा लागु औषध विरुद्ध सचेतना मुलुक कार्यक्रम सम्पन्न गरेको छ ।
सो अवसरमा मानव अधिकार तथा शान्ति समाज केन्द्रीय सभापति गोबिन्द खनालले लागू औषध विरुद्ध विद्यार्थीहरु सचेत भएर घरपरिवार तथा समाज जोगाउनुपर्ने बताए ।

कार्यक्रममा शाखा सभापति डिपि खनालले लागु औषध दुर्व्यसन बिरुद्ध सबै हातेमालो गर्नुपर्ने बताए ।सो अवसरमा जिल्ला सचिव कपिल ज्ञवाली , कोषाध्यक्ष सबिता खनाल, सह सचिव कृष्ण पाण्डे , सदस्य सीता भटराई,लिलाधर लुईटेल लगायतको सहभागिता रहेको कार्यक्रम मा १५० भन्दा बढि बिद्यार्थीलाई सहजीकरण गरिएको थियो ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)