Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल मण्डप : सार्वजनिक स्थानलाई पार्टीकरण गरे आन्दोलनमा जाने युवासंघको चेतावनी

बुटवल मण्डप : सार्वजनिक स्थानलाई पार्टीकरण गरे आन्दोलनमा जाने युवासंघको चेतावनी

  • 2.6K
    SHARES

  • बुटवल मण्डप  : सार्वजनिक स्थानलाई पार्टीकरण गरे आन्दोलनमा जाने युवासंघको चेतावनी

    बुटवल,असार ११ ।

    बुटवल मण्डपको नाम फेरेर ‘गिरिजाप्रसाद कोइराला बुटवल मण्डप’ राख्ने बुटवल उपमहानगरपालिकाको प्रस्ताव फिर्ता लिन राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर कमिटि बुटवलले माग गरेको छ ।

    उपमहानगरको बुधबार बसेको एघारौं अधिवेशनमा मेयर खेलराज पाण्डेयले बुटवल मण्डपको जग्गा प्राप्तिमा तत्कालीन कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाको योगदान रहेको तर्क गर्दै बुटवल मण्डपको नाम गिरिजा प्रसाद कोइराला बुटवल मण्डप राख्न नीति तथा कार्यक्रममा लिखित प्रस्ताव गरेका थिए ।

    राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर कमिटिले प्रेस विज्ञप्ति जारी गर्दै उक्त प्रस्ताव फिर्ता लिएर पुर्ववत नाम कायम नगरे पार्टीले जस्तोसुकै मूल्य चुकाउन पछि नपर्ने चेतावनी दिएको छ । 

    राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर कमिटिका अध्यक्ष सुधर्शन खाम्चा  र  राष्ट्रिय युवा संघ नेपाल बुटवल वडा -६ कमीटिका अध्यक्ष अमित भण्डारीद्वार हस्ताक्षरित बिज्ञप्तिमा साे बुदाँ सच्चाउन समेत आग्रह गरिएको छ ।  

    289931133_1339649859897194_5935429811053090263_n.jpg

    यी पनि हेराैँ:-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology