बुटवल,असार ११ ।
लुम्बिनी प्रदेश भलिबल संघ गठन भएको छ । शनिबार बुटवलमा भएको प्रथम अधिवेशनबाट देबेन्द्र सिंह बैरागीको नेतृत्वमा सर्वसम्मत रुपमा चयन गरिएको कार्यसमितिको उपाध्यक्षमा योग गुरुङ, रमेश कर्मचार्य, कृष्णा पाठक महासचिवमा प्रकाश कुमार शर्मा, सचिवमा नवल गुरुङ, कोषाध्यक्षमा विर बहादुर कवर, सदस्यहरुमा मौसम कुवँर, बल बहादुर केसी, खुम बहादुर राना, चन्द्र बहादुर विस, दिपक परियार र प्रकाश श्रेष्ठ निर्वाचित भएका छन ।
निर्वाचित पदाधिकारीलाई प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भंटराई, नेपाल भलिबल संघ उपाध्यक्ष एवम् लुम्बिनी प्रदेशको निर्वाचन समितिको संयोजक निरोज मास्के, सचिव भीम ओली, प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य अर्जुन घिमिरे लगायतले सफल कार्यकालको शुभकामना दिएका थिए ।
प्रदेश खेलकुद परिषदका सदस्य सचिव भंटराईले नवनिर्वाचित कार्यसमितिले लुम्बिनी प्रदेशमा भलिबल खेलको विकासमा सक्रिय भएर काम गर्ने बताए । उनले भने,‘संघीयताको अभ्याससँगै खेलकुद क्षेत्रमा हामीले नयाँ चुनौतिका साथ काम गर्नु पर्ने चुनौति छन ।
नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्केले नेपाली भलिबलले पछिल्लो समय संस्थागत र नितिगत रुपमा सुधार गर्दै अगाडी बढिरहेको बेला लुम्बिनी प्रदेश भलिबल संघको पहिलो कार्यसमितिले ऐतिहासिक उपलब्धी हासिल गर्नेमा विश्वास व्यक्ति गरिन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)