Logo बिहिवार, आश्विन १ गते २०८३
images

कञ्चन गाउँपालिका : ६८ करोड ४९ लाख ९८ हजार रुपैयाँको बजेट

कञ्चन गाउँपालिका : ६८ करोड ४९ लाख ९८ हजार रुपैयाँको बजेट

  • 1.9K
    SHARES

  • कञ्चन गाउँपालिका :  ६८ करोड ४९ लाख ९८ हजार रुपैयाँको बजेट

    बुटवल,असार ११ ।

    कञ्चन गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७९-०८० को लागि ६८ करोड ४९ लाख ९८ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ। कन्चन गाउँपालिकाको १२ औं नगर सभाका अध्यक्ष नवराज ढकालको अध्यक्षतामा बसेको बैठकमा चालुतर्फ २८ करोड २५ लाख ६३ हजार र पुँजीगततर्फ २३ करोड २४ लाख ३५ हजार र समाजिक सुरक्षातर्फ १७ करोड रुपैयाँको बजे टगाउँपालिकाकि उपाध्यक्ष मौसमी थापा मगरले प्रस्तुत गर्नुभएको छ ।

    “समुन्नत कञ्चन , सबल स्थानीय सरकार” भन्ने नारालाई साकार बनाउने उदेश्यले गाउँपालिकामा भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी समस्या समाधान, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगार र भौतिक पुर्वाधारलाई  प्राथमिकतामा राखेर गाउँपालिका अध्यक्ष नवराज ढकालले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा रहेर विनियोजन गरिएको हो।

     उपाध्यक्ष मगरले गाउँपािलकाको आर्थिक विकास तर्फ २ करोड ६ लाख १५ हजार, सामाजिक विकास तर्फ ३ करोड २८ लाख १० हजार, भौतिक पूर्वाधार विकास १० करोड ५६ लाख १० हजार, वातावरण तथा विपद् व्यवस्थापन तर्फ ९२ लाख ५० हजार, संस्थागत विकास, सेवा प्रवाह र सुशासन तर्फ २८ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको  बताउनुभयो ।

    प्रस्तुत बजेटमा आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने  स्रोतहरु मध्ये गाउँपालिकाको आन्तरिक आम्दानीबाट  रु १ करोड ५ लाख २ हजार ७ सय, मालपोत कार्यालय बुटवलबाट  ५० लाख, चालु आर्थिक वर्षको नगद मौज्दातबाट १ करोड रहेको छ ।

    संघीय सरकारतर्फ  समानिकरण अनुदान रू १३ करोड ३८ लाख, सरकार सशर्त अनुदान रू। २० करोड १५ लाख, सरकार विशेष अनदान रू १ करोड ५० लाख, सरकार समपुरक अनुदान रू८० लाख, संघीय सरकार राजस्व बाँडफाँड रू ८ करोड ८७ लाख २२ हजार अनुमान गरिएको छ ।

    यस्तै प्रदेश  सरकार तर्फबाट  सरकार समानिकरण अनुदान रू ७४ लाख ३ हजार, सरकार सशर्त अनुदान रू ८० लाख, सरकार विशेष अनुदान रू ६० लाख, सरकार समपुरक अनुदान रू १ करोड ५० लाख र  सामाजिक सुरक्षातर्फ रू १७ करोड गरी जम्मा कुल बजेट रू ६८ करोड ४९ लाख, ९८ हजार ७ सय मध्ये गाउँसभाले विनियोजन गर्ने बजेट रू २६ करोड १४ लाख ९८ हजार ७ सय रूपैयाको कुल आम्दानी हुने अनुमान गरिएको छ ।

    आर्थिक बर्ष २०७८र०७९ जेष्ठ मसान्त सम्मको चालु खर्च तर्फ जम्मा रु २१करोड ३४ लाख ७४ हजार र पूजिगत खर्च तर्फ जम्मा रु। १३ करोड ९५ लाख २८ हजार गरि जम्मा रु ३५ करोड ३० लाख २ हजार खर्च भएको देखिएको  छ ।

    शिक्षा क्षेत्रमा गाउँपालिकाले कुल २ करोड ६५ लाख बजेट विनियोजन गरेको छ । वजेटले विधालयको भौतिक पुर्वधार विकास संगै प्रविधिक शिक्षालाई जोड दिएको छ ।

    यस्तै स्वास्थ्य तर्फ कुल ७८ लाख १० हजार रुपैयाँ रहेको छ । गाउँपालिकामा स्वास्थ्य चौकीमा वर्थिङ्ग सेन्टर संचालन, एम्बुलेन्स खरिद, सुत्केरी आमा र बच्चाको स्वास्थ्य सुधार र जिवन रक्षाका लागि सुत्केरीसङ्ग उपाध्यक्ष कार्यक्रमका लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ ।

    खानेपानी तथा सरसफाइ, सस्कृति प्रवर्द्धन र खेलकुद तथा मनोरञ्जन तर्फ गाउँपालिकाको वडा नं। १ र ५ वडाका विपन्न घर परिवारका लागि खानेपानी धारा जाडन र सरसफाइका लागि २ लाख , पालिकाका एतिहासिक धार्मिक र संस्कृति सम्पदाहरुको संरक्षणका लागि ४० लाख ५० हजार र खेलकुद सामाग्री खरिद र भलिबल, ब्याडमिन्टन कोर्ट निर्माणका लागि १० लाख ५० हजार बजेट रकम विनियोजन गरिएको उल्लेख छ ।

    लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण अन्तर्गत पालिकाले महिला बालबालिका, दलित, असहाय, अपांग वृद्धवृद्ध, लैङ्गिक तथा घरेलु हिंसा पीडित एकल महिलाहरुका लागि स्वरोजगार नेतृत्व क्षमता विकास तथा सचेतना तालिम, अपांग पुनःस्थापना, जेष्ठ नागरिक मिलन केन्द्र, अपांग परिचयपत्र लगायतका लक्षित कार्यक्रमका बजेटको व्यवस्था गरिएको छ ।

    कृषि तथा पशु कार्यक्रम अन्तरगत “पालिकाले सोचेको, कृषकले रोजेको” मागमा आधारित निर्वाहमुखी परम्परागत कृषि प्राणाली तथा निर्वाहमुखी पशुपालनलाई क्रमशः विस्थापित गरी व्यावसायिक कृषि प्रणलीको विकास, दुग्ध उत्पादनमा आत्मनिर्भर, माछा पालन, सहकारीलाई कृषि उत्पादनतर्फ प्रोत्साहन गर्न अनुदानको व्यवस्था गरिने बजेटमा उल्लेख गरिएको छ ।

    सडक, पुल, भवन निर्माणलाई प्राथमिकता दिँदै मुख्य सडक कालोपत्रे तथा स्तारोन्नति भवन निर्माण, विधुत पोल जडान गर्न १० करोड ५६ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

    गाउँपालिकालाई विपद्जन्य प्रकोपबाट सुरक्षित गर्न वातावरण तथा विपद् व्यवस्थापन सम्बन्धि पुर्व तयारी, प्रतिकार्य तथा उद्धार, राहत र पुनर्स्थापनाका लागि ९२ लाख ५० हजार बजेट बिनियोजन गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology