Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सैनामैना नगरपालिकाको बजेट : १ अर्ब २१ करोड ८२ लाख २४ हजार रुपैयाँ

सैनामैना नगरपालिकाको बजेट : १ अर्ब २१ करोड ८२ लाख २४ हजार रुपैयाँ

  • 2.2K
    SHARES

  • सैनामैना नगरपालिकाको बजेट : १ अर्ब २१ करोड ८२ लाख २४ हजार रुपैयाँ

    बुटवल,असार ११ ।

    सैनामैना नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९-०८० लागि १ अर्ब २१ करोड ८२ लाख २४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

    नगरपालिकाको एघारौं नगरसभाको वैठकमा सैनामैना नगरपालिका उपप्रमुख विना रानाले स्वास्थ्य,कृषि,पूर्वाधार विकास, पर्यटन र शिक्षा क्षेत्रलाई प्राथमिकता दिँदै बजेट सार्वजनिक गर्नुभएको छ ।

    सैनामैना नगरपालिकाको ११ औं नगरसभा नगर प्रमुख फणेन्द्रप्रसाद शर्माको अध्यक्षतामा चालुतर्फ ७४ करोड २९ लाख २६ हजार र पुँजीगततर्फ ४७ करोड ५२ लाख ९८ हजार रुपैयाँको बजेट नगर उप प्रमुख विना रानाले प्रस्तुत गर्नुभएको हो ।

    त्यसैगरी “सैनामैना समृद्धिको आधारस् उत्पादन, पर्यटन र पुर्वाधार” भन्ने नारालाई साकार पर्ने उदेश्यले प्रस्तुत बजेटले आव २०७९-०८० का लागि स्वास्थ्य क्षेत्रतर्फ ११ करोड ६ लाख, शिक्षा तथा खेलकुद तर्फ कुल २४ करोड ४२ लाख ९६ हजार, खानेपानी तथा सरसफाई तर्फ २ करोड ६९ लाख ४० हजार, कृषि बिकास क्षेत्रतर्फ २ करोड ६१ लाख ९२ हजार, पशु विकास क्षेत्रतर्फ १ करोड ९५ लाख ४२ हजार, पर्यटन विकास तर्फ ५ करोड ४८ लाख, पुर्वधार विकास क्षेत्रतर्फ ३६ करोड ३ लाख, वातावरण तथा विपद व्यवस्थापन क्षेत्रतर्फ कुल १ करोड ७३ लाख बजेट विनियोजन गरिएको छ ।

    आगामी आर्थिक वर्षका लागि अनमुान गरिएको खर्च व्यहोर्ने स्रोत मध्येतर्फ रु १३ करोड ६८ लाख, नेपाल सरकार तर्फ सशर्त अनुदान रु ३७ करोड ३३ लाख, वित्तिय समानीकरण अनुदान रु १३ करोड ७९ लाख, समपुरक अनुदान रु १ करोड, विशेष अनुदान रु १ करोड ५० लाख, राजश्व बाँडफाँड रु १३ करोड २ लाख ७१ हजार, सामाजिक सुरक्षा भत्ता रु २५ करोड र अन्य अनुदान रु ५३ लाख ,प्रदेश सरकार तर्फ वित्तीय समानीकरण अनुदान रु ७५ लाख ४३ हजार, राजश्व बाँडफाँड रु १ करोड ९४ लाख ४१ हजार ७ सय ७४, सशर्त अनुदान रु १ करोड ३० लाख, विशेष अनुदान रु ७० लाख र मालपोत रजिस्ट्रेशन शुल्क रु २ करोड ५० लाख, समपुरक अनुदान रु १ करोड ९९ लाख ९८ हजार र बचत न्युन रु ६ करोड ७६ लाख ७० हजार २ सय २६ गरी जम्मा रु १ अर्ब २१ करोड ८२ लाख २४ हजारको कुल आम्दानी हुने अनुमान गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology