Logo बिहिवार, आश्विन १ गते २०८३
images

‘उखान टुक्का सुनाउँदै हिंड्ने काँग्रेस होईन,हरेक अप्ठारो परिस्थितीमा देशलाई बचाएको छ’ : डा.आरजु राणा

‘उखान टुक्का सुनाउँदै हिंड्ने काँग्रेस होईन,हरेक अप्ठारो परिस्थितीमा देशलाई बचाएको छ’ : डा.आरजु राणा

  • 2.0K
    SHARES

  • ‘उखान टुक्का सुनाउँदै हिंड्ने काँग्रेस होईन,हरेक अप्ठारो परिस्थितीमा देशलाई बचाएको छ’ : डा.आरजु राणा

    म्याग्दी,असार ९ ।

    नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले उखान टुक्का सुनाएर जनता हँसाउन काँग्रेसले नजानेको बताएकी छन्।

    काँग्रेस जिल्ला कार्य समिति म्याग्दीले आयोजित कार्यकर्ता भेटघाट तथा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामना कार्यक्रममा देउवाले एमाले अध्यक्ष ओलीप्रति लक्षित गर्दै यस्तो बताएकी हुन्। काँग्रेसले देशको यथार्थ वस्तुस्थिति हेरेर विकासको योजना जनतालाई सुनाउने, सुझाव लिने र सोही अनुसार विकास निर्माणको कार्ययोजना अगाडि बढाउने उनको भनाइ छ । 

    ‘उखान टुक्का सुन्न टेलिभिजनमा कमेडी च्याम्पियन हेरे हुन्छ, कुनै पार्टीको कार्यकर्ता हुन आवश्यक छैन, उनले भनिन्, ‘उखान टुक्का सुनाउँदै हिंड्ने काँग्रेस होईन, काँग्रेस हरेक अप्ठारो परिस्थितीमा देशलाई बचाएको छ।’ 
    काँग्रेसले वडा, पालिका, प्रदेश हुँदै केन्द्रसम्म नै जनताको गुनासा, समस्या सुन्न र समाधान गर्न समस्या समाधान विभाग बनाउनुपर्ने देउवाले बताइन् ।

    उनले पार्टीको आन्तरिक समस्या समाधान र जनताको गुनासो समाधानका लागि विभाग बनाउनुपर्ने बताइन् । ‘हरेक पटक देश समस्यामा हुँदा त काँग्रेसको सरकारले समस्या समाधान गरेर जनताको हित गर्दै आएको छ भने आफ्नो आन्तरिक समस्यालाई पनि समाधान गर्न आवश्यक छ,’ उनले भनिन्। 

    काँग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिलाई पाँच वर्षमा हरेक समयमा जनताको साथ दिन आग्रह गर्दै हरेक क्षेत्रमा जनताका समस्या समाधान पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिइन् । कार्य व्यवस्थापनमा ख्याल गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उनले बताइन्। चुनावको बेलामा अन्तर्घात भयो भन्नेहरूबाट नै अन्तर्घात भएको उनको भनाइ थियो ।

    उनले भनिन् -पार्टीका नेता तथा कार्यकर्ताले पनि निर्वाचित भएका जनप्रतिनिधिलाई सहयोग गर्न आवश्यक छ। टिकट नपाउँदाको तिक्तताले पार्टीभित्र नै दुर्घटना निम्तिने गरेको छ ।’ ब्युरोक्रेसीलाई सुधार्दै अगाडि बढ्नुपर्ने दायित्व जनप्रतिनिधिको भएको भन्दै ब्युरोक्रेसीले सुध्रिएको खण्डमा सरकारका काम कारबाहीले गतिशीलता पाउने उनले बताइन्।



    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology