बुटवल,असार ८ ।
बुटवलको कालिका क्याम्पसमा प्रदेश सरकारले लगानी साझेदारीमा दिएको कलेज बस संचालनमा ल्याइएको छ ।
बुधबार एक समारोहका बिचमा कुल २९ लाख ५० हजार रुपैया लागतको बस प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री बसिउद्धीन खानले रिबन काटेर शुभारम्भ गरे । साे अवसरमा बाेल्दै मन्त्री खानले शैक्षिक क्षेत्रमा अब्बल रहेको कालिकालाइ प्रदेश सरकारले सबैखाले सहकार्य गरिरहने प्रतिबद्धता जनाए।
मन्त्री खानले क्याम्पस ब्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष अजुर्नमान सैजु, क्याम्पस प्रमुख घनश्याम पाठकलाई चाबि हस्तान्तरण गरेका हुन् ।
साे बस ४१ सिट क्षमताको हो । लागत साझेदारीका आधारमा मन्त्रालयले २५ लाख रुपैया र बाँकी रकम क्याम्पसले ब्यर्होने क्याम्पस प्रमुख घनश्याम पाठकले बताए । मन्त्रालयबाट सहयोग हुदा बस संचालन गर्न सहजता मिलेको उनले बताए ।
मन्त्रालयबाट यो आर्थिक वर्ष कलेजको स्तरोन्नतिका लागि यातायातसहित खेलकुद पुर्वाधारमा २० लाख सहयोग भएको उनले बताए । उत्कृष्ट कलेजका रुपमा १ वर्षभित्र क्युएए प्राप्त गर्ने रुपमा पुर्वाधार र शैक्षिक विकासमा आफू लागेको उनले सुनाए । विद्यार्थीहरुलाई शैक्षिक ज्ञानका साथै रोजगार दिने गरि दक्ष युवाहरु उत्पादन गर्दै आएको उनले बताए ।
कार्यक्रममा मन्त्री बसिउद्घिन खानले देशकै नमुना कालिका विद्यालयको भौतिक विकासमा आफुले थोरैमात्र सहयोग गरेको बताए । ब्यक्तिगत स्वार्थभन्दा माथि रहेर विद्यालयको विकासमा प्राचार्य पाठकबाट ठूलो योगदान भएको भन्दै उनले सबैको साथ र सहयोगबाट लुम्बिनी प्रदेशको गरिमा बढाउन सफल भएको बताए । प्रदेश सरकार निरन्तर शिक्षाको विकासमा लाग्ने उनले प्रतिवद्धता जनाए ।
कार्यबाहक अध्यक्ष अजुर्नमान सैजुले प्रदेश सरकारबाट प्राप्त हुने सहयोग शिक्षा, स्वस्थ्य, खेदकुदको विकासमा योगदान दिने संघसंस्थाहरुलाई प्रोत्साहन मिल्ने उनले बताए । सैँजूले कालिकाले शैक्षिक क्षेत्रमा दिएको याेगदान कसैले चाहेर पनि भुल्न नसक्ने बताए ।
कार्यक्रममा विद्यालयका अध्यक्ष होम बहादुर गलामी, कलेजका कोषाध्यक्ष नित्यानन्द ज्ञवाली, सदस्य यमुना काउचा, कालिका मानव ज्ञान माबिका प्रधानाध्यापक दिनेश थापा, विद्यालयका खेलकुद प्रशिक्षक हरिष वली, कलेजका संयोजक बुद्धि चौधरीले विद्यालयमा धेरै चाप रहेको भन्दै यसलाई थेग्ने गरि पुर्वाधार विकासमा आफुहरु लागेको बताए ।
बुटवलको कालिका क्याम्पसमा बिसिए, विविए, बिएडमा गरि अहिले स्नातक तहमा मात्रै २ हजार १ सय बिद्यार्थी अध्ययनरत छन् भने ७७ जना शिक्षक स्टाप रहेको प्राचार्य पाठकले बताए ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)