Logo बिहिवार, आश्विन १ गते २०८३
images

जिल्ला भलिबल संघ रुपन्देहीको अध्यक्षमा शाक्य

जिल्ला भलिबल संघ रुपन्देहीको अध्यक्षमा शाक्य

  • 1.5K
    SHARES

  • जिल्ला भलिबल संघ रुपन्देहीको अध्यक्षमा शाक्य

    बुटवल,असार ८ ।

    जिल्ला भलिबल संघ रुपन्देहीको ८ औं वार्षिक साधारण सभा तथा ५ औं जिल्ला अधिवेशन  सम्पन्न भएको छ ।अधिवेशनले सुरेन्द्र कुमार शाक्यको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति चयन गरेको हो ।

    अधिवेशनले समितिको उपाध्यक्षमा राम बहादुर थापा र लोकेन्द भण्डारी, महासचिवमा शेरजङ्ग गुरुङ ईश्वर र कोषाध्यक्षमा तुल बहादुर थापा चयन भएका छन ।

    समितिको सदस्यमा विश्वास ढकाल, महेश खनाल, ममता बुढाथोकी लाल प्रकाश थापा, विजयी गुरुङ, ईन्दीरा राना, प्रताव खवास र किशन बहादुर चन्द निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । पत्रकार सुमन अधिकारी र यमलाल भुसाल निर्वाचन समितिमा रहेका थिए ।

    त्यसअघि साधारण सभाको उद्घाटन गर्दै लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जय प्रकास भट्टराईले खेलकुदको विकासमा राजनैतिक दलहरु गम्भिर हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे । उनले हरेक खेलकुदको विकास र संरक्षणका लागि राजनैतिक आस्था भन्दा फरक व्यक्तिहरुको छुट्टै समुह बनाउन जरुरी रहेको औल्याए ।

    संघका अध्यक्ष योग गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल भलिबल महासंघकी उपाध्यक्ष निरोध शाक्य, पत्रकार सुमन अधिकारी, दिनेश पाण्डे संघका निर्वतमान अध्यक्ष विष्णु कुमार श्रेष्ठ, सल्लाहकार टुक बहादुर क्षेत्री महेश खनाल लगायतले खेलकुदको क्षेत्रमा सरकारले बजेट विनियोजन गर्न नसक्दा खेलकुदमा लागेकाहरुको संरक्षण हुन नसकेको गुनासो राखेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology