Logo मंगलवार, श्रावण १२ गते २०८३
images

उत्कृष्ट पत्रकारिता पुरस्कार जिसि,आचार्य र भुसाललाई,राशी जनही ५०-५० हजार

उत्कृष्ट पत्रकारिता पुरस्कार जिसि,आचार्य र भुसाललाई,राशी जनही ५०-५० हजार

  • 2.0K
    SHARES

  • उत्कृष्ट पत्रकारिता पुरस्कार जिसि,आचार्य र भुसाललाई,राशी जनही ५०-५० हजार

    बुटवल,असार ७ ।

    नेपाल पत्रकार महासंघ रुपन्देही र बुटवल उपमहानगरपालिकाद्धारा स्थापित उत्कृष्ट पत्रकारिता पुरस्कारबाट तीन जना पत्रकार पुरस्कृत हुने भएका छन् ।

    महासंघ रुपन्देहीको मंगलबार बसेको सचिवालय बैठकले मूल्यांकन समितिले २०७५ बाट यानेन्द्र जिसि, २०७६ बाट रामप्रसाद आचार्य र २०७७ बाट रेखा भुसाललाई पुरस्कृत गर्न गरेको सिफारिशलाई अनुमोदन गर्ने निर्णय गरेको हो ।

    यस पुरस्कारको राशी ५० हजार छ । जिसि नेपाल पत्रकार महासंघ रुपन्देहीका निवर्तमान अध्यक्ष एंव लुम्बिनी दैनिकका सल्लाहकार सम्पादक हुन । त्यस्तै आचार्य नेपाल पत्रकार महासंघ रुपन्देहीका निवर्तमान सचिव र दैनिकपत्रका प्रबन्ध सम्पादक हुन्। भुसाल नागरिक दैनिक लुम्बिनी प्रदेश प्रमुख हुन् ।

    पुरस्कार केहि दिनमै बिशेष समारोह गरेर वितरण गर्ने महासंघ रुपन्देहीका सचिव विनोद परियारले जानकारी दिए । 

    कोभिडका कारण रोकिएको तीन वर्षको पुरस्कार मूल्यांकनका लागि महासंघ रुपन्देहीका पूर्व अध्यक्ष एंव सल्लाहकार विनोद पहाडीको संयोजकत्वमा मूल्यांकन समिति गठन गरेको थियो । मूल्यांकन समितिको सदस्यमा खिमानन्द भट्टराई र भगवती पाण्डे सदस्य रहेका थिए । महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलको अध्यक्षतामा बसेको बैठकले मूल्यांकन समितिलाई धन्यवाद दिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology