Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवललाई पत्रकारिताको राजधानीको रुपमा विकास गर्ने गरी बजेट बिनियोजन गर्न सुझाव

बुटवललाई पत्रकारिताको राजधानीको रुपमा विकास गर्ने गरी बजेट बिनियोजन गर्न सुझाव

  • 1.7K
    SHARES

  • बुटवललाई पत्रकारिताको राजधानीको रुपमा विकास गर्ने गरी बजेट बिनियोजन गर्न सुझाव

    बुटवल,असार ७ ।

    स्थानीय तहहरुले नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा संचार क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर बजेट निर्माण गर्नु पर्ने सरोकारवालाहरुले बताएका छन् । बुटवल उपमहानगरपालिकाले सोमबार आयोजना गरेको आर्थिक वर्ष २०७९-८० को वार्षिक बजेट सम्बन्धमा रुपन्देहीका संचारकर्मीहरुसँग गरेको छलफल कार्यक्रममा बोल्ने बक्ताहरुले सो कुरा बताएका हुन्।

    छलफलमा उनीहरुले बुटवल पत्रकारिताको केन्द्रविन्दु भएकाले बुटवललाई पत्रकारिताको हबको रुपमा विकास गर्ने गरी उपमहानगरले आवश्यक बजेट बिनियोजन गर्नका लागि सुझाव दिए । साथै उनीहरुले संचारकर्मीहरुलाई उपमहानगरले सूचना सहज रुपमा पाउने वातावरणको सृजना गर्न आग्रह समेत गरेका थिए ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, महासंघका सल्लाहकार खिमानन्द भट्टराई, दलित पत्रकार संघका केन्द्रिय अध्यक्ष विनोद पहाडी, महासंघ रुपन्देहीका सचिव विनोद परियार, नेपाल प्रेस युनियन रुपन्देहीकी सभापति रेखा भुसाल, संचारिका समूह लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोल, फोनिज रुपन्देहीका अध्यक्ष सोनु थापा, पत्रकार एन।बी। कंडेल, सुदिप भण्डारी, विकास पराजुली लगायतले उपमहानगरले बनाउने नीति तथा कार्यक्रम र बजेट संचारमैत्रीहरु हुनुपर्नेमा जोड दिएका थिए ।

    संचारकर्मीहरुको सुझावको जवाफ दिँदै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले उपमहानगर नीति कार्यक्रम र बजेट संचारमैत्री बनाउनका लागि प्रतिबद्ध रहेको बताए । बुटवल उपमहानगरले बनाउने नीति तथा कार्यक्रम र बजेटमा संचार क्षेत्र र संचारकर्मीहरुका समस्यालाई समाधान गर्नका लागि समस्याहरु के कस्ता छन् र ती समस्यालाई समाधान गर्नका लागि बजेट निर्माणको पूर्वसन्ध्यामा संचारकर्मीहरुसँग छलफल कार्यक्रमको आयोजना गरिएको बताए ।
    बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयको अध्यक्षता, उपहानगरपालिकाका सूचना अधिकारी मित्रमणि खनालको संचालन,प्रवक्ता शिव रानाको स्वागतमा भएको छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार, पदाधिकारी, विभिन्न पत्रकार सम्बद्ध संगठनका प्रतिनिधि लगायतका संचारकर्मीहरुको सहभागिता रहेको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology