अर्घाखाँची, असार ७ ।
अर्घाखाँचीको शीतगङ्गा १४ करेचुलीमा जीप दुर्घटनामा परेको छ । शीतगङ्गा नगरपालिका वडा नम्बर १४ बाट रूपन्देही जिल्लाको सालझण्डीतर्फ जाँदै गरेको लु १ ज १९४८ नम्बरको जिप ब्रेक फेल भएर दुर्घटना भएको हो ।
जीपमा सवार छ जना यात्रु घाइते भएको प्रहरी नायब उपरीक्षक अम्मरबहादुर थापाले नागरिक अनलाइनलाइ जानकारी दिए । घाइते बिरामीलाई उपचारका लागि बुटवल पठाइएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)