Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपाल सरकार मन्त्रीपरिषद्का सात वटा निर्णय (सूचीसहित)

नेपाल सरकार मन्त्रीपरिषद्का सात वटा निर्णय (सूचीसहित)

  • 2.5K
    SHARES

  • नेपाल सरकार मन्त्रीपरिषद्का सात वटा निर्णय (सूचीसहित)

    काठमाडौँ,असार ७ ।

    नेपाल सरकार मन्त्रीपरिषद्ले सात वटा निर्णय गरेका छन् ।  असार ६ गते सोमबार बसेको मन्त्री परिषदको बैठकको निर्णयलाई मंगलबार विहान सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की सात वटा महत्वपुर्ण निर्णय गरिएको जानकारी दिनुभयो । 

    मन्त्रीपरिषद्ले नेपाल वायूसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्वन गरेको छ भने जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको छ । त्यसै गरी कोहलपुर– सुर्खेत १३२ केभि प्रशारण लाइन विस्तारका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ ।

    यता रिक्त रहेको राष्ट्रिय समाचार समितिको अध्यक्ष पदमा धनुषाका धर्मेन्द्र झालाई नियुक्त गर्ने निर्णय गरेको छ । cabinate-desion-2079-3-6.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology