बुटवल, भदाै १६-
वरिष्ठ स्त्री रोग तथा प्रसुति विशेषज्ञ डा. भोला रिजाल र उनकी पत्नीलाई कोरोना संक्रमण पुष्टि भएको छ। दुवै जनाले शनिबार परीक्षणका लागि स्वाब नमूना दिएका थिए । स्वाब परीक्षणमा दुवै जनामा कोरोना संक्रमण पुष्टि देखिएको हो ।
कोरोना पुष्टि भएपछि आइतबारबाट नै डाक्टर दम्पती ह्याम्स अस्पतालमा भर्ना भइ आइसोलेसनमा बसेका डा रिजालले बताए। डा.रिजालले भने, लक्षण देखिएको छैन। स्वास्थ्य ठिकै छ। उमेरका कारणले पनि केही परिहाल्यो भने अप्ठेरो होला भनेर अस्पतालमै भन भर्ना भएका छौं।’
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)