युभेन्ट्सले च्याम्पियन लिगको हार पश्चात मुख्य प्रशिक्षक मौरिजियो सर्रीलाइ बर्खास्त गरेको थियो र उनको स्थानमा युभेन्ट्स कै पुर्बी प्लेमेकर आन्द्रे पिर्लोलाई जिम्मा दिइयो । पिर्लोको प्रवेशसंगै ३ खेलाडी युभेन्ट्सबाट बाहिरिएका छन् ।
युभेन्ट्सका ब्लेस माटुडीले युभेन्ट्स छाडेसंगै अमेरिकी लिग मेजर सकर लिग जोडिएका छन् भने हालै क्लबका दुइ खेलाडी गोन्जालो हिगोइन्न र सामी खेडिराको समेत सम्झौता कटाइएको छ । कोरोना भाइरसको कहरमा रहेको इटालियन क्लबका निम्ति दुइ प्रमुख खेलाडी (पारिश्रमिकको आधार) नहुने हुदा राहत मिल्ने देखिन्छ । ७ मिलियन पारिश्रमिक हिगोइन्नको रहने गरेकोमा झन्डै ३२ खेलबाट उनले ८ गोल मात्र गर्न सफल भएका थिए ।
खेडिरा भने सिजन भर चोट कै सामानाबाट गुज्रिन्दै पहिलो १३ खेलमा १२ खेल मात्र खेल्न पुगेका थिए ।
पिर्लोले यी दुवै खेलाडीको सम्झौता रद्द गरिदिएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)