Logo बिहिवार, आश्विन १ गते २०८३
images

अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकजविक्रम नेम्वाङ विजयी

अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकजविक्रम नेम्वाङ विजयी

  • 2.1K
    SHARES

  • अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकजविक्रम नेम्वाङ विजयी

    बुटवल,असार ७ ।

    अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकजविक्रम नेम्वाङ विजयी भएका छन्। सोमबार भएको मतदानको मतपरिणाम अनुसार नेम्वाङले ४५ मत ल्याए र विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी कर्माछिरिङ सेर्पाले ३९ मत ल्याएका छन्।

    यस्तै, वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का ४४ मतका साथ विजयी भएका छन्। उनलाई शिक्षित पराजुलीले ४० मतले पछ्याएका थिए।

    उपाध्यक्षमा रुपन्देहीका दीर्घ बहादुर केसी (कुमार) सहित ४ जना विजयी भए । एन्फाको आगामी ४ वर्षको कार्यकालका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ प्यानलसहित चुनावी मैदानमा थिए।

    अध्यक्षका अर्का प्रत्यासी फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजीव राज पौड्याल भने एक्लै चुनावी मैदानमा थिए। उनले मत नै पाएनन्।

    अध्यक्षमा ३, वरिष्ठ उपाध्यक्षमा २, उपाध्यक्षमा ४, महिला सदस्यमा ५ र सदस्यमा ३६ जना गरी कुल ५० जनाको उम्मेदवारी परेको थियो।

    एन्फाको जारी साधारणसभाले १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष र २ महिलासहित १५ सदस्य छान्नेछ। 

    साधारणसभाले १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष र २ महिलासहित १५ सदस्य छान्नेछ।

    प्रतिस्पर्धी

    शेर्पा प्यानल
    अध्यक्ष – कर्मा छिरिङ शेर्पा
    वरिष्ठ उपाध्यक्ष – शिक्षित पराजुली
    उपाध्यक्ष – उपेन्द्र मान सिंह, विज्ञान राज शर्मा, दीर्घ बहादुर केसी (कुमार) र रत्न कुमार श्रेष्ठ 
    सदस्यहरु – अनिल श्रेष्ठ, भरत बुढ्थापा, मनिष जोशी, रमेश व्यन्जनकार, पेमा डोल्मा लामा, बिना श्रेष्ठ, लोकेन्द्र गुरुङ, प्रदेश सिंह राठौर, रुपेश अधिकारी, विनोद लामा तामाङ, दिपक थापा क्षेत्री, प्रवीण कुमार यादव, राम राज गुरुङ, मणि राज विष्ट र टिका लामा

    पंकज प्यानल
    अध्यक्ष – पंकजविक्रम नेम्वाङ
    वरिष्ठ उपाध्यक्ष – वीर बहादुर खड्का
    उपाध्यक्ष – विराटजंग शाही, दावा लामा, दीपक खतिवडा, सुन्दर नरसिंह जोशी 
    सदस्यहरु – महेन्द्र क्षेत्री, नेपाल कार्की, निरज खड्गी, विजय घले, मुखिया लामा लिलि, पुरुषोत्तम थापा, भोजराज शाही, अनिल मल्ल, विकास नारायण श्रेष्ठ, रविन्द्र चन्द, दिपेन्द्र धिमाल, प्रवीण सुवाल, तपेश्वर राउत, विन्द्रा देवान र सरिला श्रेष्ठ।

    स्वतन्त्र उम्मेदवार अध्यक्ष – राजीव राज पौड्याल
    स्वतन्त्र उमेदवार सदस्य – मिलन गुरुङ र सुरेन्द्र शिख्रकार, सुन्दर थापा क्षेत्री र कुमार कटुवाल

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology