Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नमस्ते एकेडेमीमा प्लस टु भवन उद्घाटन,विज्ञान र व्यवस्थापन संकायका कक्षा संचालन

नमस्ते एकेडेमीमा प्लस टु भवन उद्घाटन,विज्ञान र व्यवस्थापन संकायका कक्षा संचालन

  • 4.6K
    SHARES

  • नमस्ते एकेडेमीमा प्लस टु भवन उद्घाटन,विज्ञान र व्यवस्थापन संकायका कक्षा संचालन

    बुटवल,असार ६  । 

    नमस्ते एकेडेमीले प्लस टु भवन उद्घाटन गरेको छ । विद्यालयका निर्देशक  विष्णु प्रसाद भुसाल र डिल्ली नारायण पाण्डेयले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

    शैक्षिक शत्र २०७८ बाट विज्ञान तथा व्यवस्थापन शंकायमा कक्षा ११ संचालन गरेको छ ।यसका लागि छुट्टै भवनमा पठन पाठन हुनेछ । पाँच वर्षको छोटो अबधिर्मा  विद्यालय नै  विद्यार्थीको पहिलो घर ’ भन्ने अवधारणलाई आत्मसात गरी अभिभावकको मन जित्न सफल ‘ सफल देखिएको छ ।

    यस शैक्षिक शत्रबाट द ब्र्रिटिस एजुकेशन ग्रुप अन्तरर्गत पूर्ण रुपमा द ब्र्रिटिस कलेज  काठमाडौँ र बेलायतको प्रत्यक्ष शैक्षिक निर्देशनमा  सञ्चालन गरी अध्ययनरत विद्यार्थीलाई  अन्तराष्ट्रिय मापदण्ड सरह शिक्षा प्रदान गरेको जनाएको छ ।

    सो कार्यक्रममा बोल्दै ब्रिटिस ग्रुपका स्कुल हेड अरुण कुमार कँडेलले नमस्ते एकेडेमी वेलायतमा  अभ्यास गरिने शिक्षण सम्बन्धी  उच्चस्तरीय सीप र प्रविधिलाई नेपाली परिवेशमा प्रयोग गरिने बताउनुभयो ।उहांले नियमित कक्षा सन्चालनका अलावा  मातृभाषी विदेशी अंग्रेजी शिक्षकहरुबाट क्याम्ब्रिज युनिभरसिटीको पठनपाठन गराइने बताउनुभयो ।

    ग्लोलव टु लोकल अवधारणा अनुरुप विद्यार्थीहरुको चौतर्फी विकासको निम्ति क्रियाशील एवम् कटिवद्ध रहेको विद्यालयका प्राचार्य जिग्मे शेर्पाले बताउनुभयो ।
    छ । कक्षा ११ र १२ ले समग्रमा स्नातक तह अध्ययन गर्ने उर्बर आधारशीला तयार पार्ने हँुदा  योग्य र दक्ष प्राध्यापकहरुको समूहले  एउटा कक्षामा २५ जना मात्र विद्यार्थी राखी सन्चालित हुने शैक्षिक कार्यक्रमले सम्पूर्ण  विद्यार्थीको  समुन्नत शैक्षिक विकासको विश्वासनीय सुनिश्चितताको विषयमा विद्यालयका प्राचार्य जिग्मे शेर्पाले जानकारी दिनुभयो ।
         
    विद्यालयका निर्देशक डिल्ली नारायण पाण्डेयले प्लस टु तहको छुट्टै भवन भए पश्चात विद्यार्थीहरुलाइ थप सहज हुने बताउनुभयो । विद्यालयका निर्देशक विष्णु प्रसाद भुषालको अध्यक्षतामा सन्चालित समुदघाटन कार्यक्रमको सन्चालन विद्यालयका सह प्राचार्य लिलामणि पाण्डेले र स्वागत मन्तव्य विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले गर्नु भएको थियो ।

    विज्ञान संकायमा बायोलोजी र कम्प्युटर साइन्सको छुट्टा छुट्टै पढाइ भइ राखेकोमा यस वर्षदेखि    अभिभावकको अनुरोधलाई ध्यानमा राखी होटल म्यनेजमेन्ट विषय पनि थप गरी अध्ययन गराइदै छ । सुविधा सम्पन्न  विज्ञान , कम्प्युटर ,होटल म्यानेजमेन्ट ल्याव रहेको नमस्ते एकेडेमीमा  यस वर्ष अत्यन्तै सीमित सिटमा विद्यार्थी भर्ना लिई संख्यात्मकतामा नभई गुणत्मकतामा विशेष जोड दिने नीति रहेको विद्यालयले जनाएको छ ।namaste academy  (2).jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology