Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

इन्धनको मुल्यबृद्धि लगत्तै बढ्यो सार्वजनिक यातायातको भाडा

इन्धनको मुल्यबृद्धि लगत्तै बढ्यो सार्वजनिक यातायातको भाडा

  • 2.3K
    SHARES

  • इन्धनको मुल्यबृद्धि लगत्तै बढ्यो सार्वजनिक यातायातको भाडा

    बुटवल,असार ६  ।

    यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । इन्धनको मूल्य बढेसँगै विभागले स्वचालित प्रणालीअनुसार सार्वजनिक सवारीसाधन तथा मालबाहक यातायातको भाडा समायोजन गरेको हो । इन्धनको मूल्य पाँच प्रतिशतभन्दा धेरैले बढेमा वा घटेमा भाडा समायोजन हुने गर्छ ।

    इन्धनको मूल्य वृद्धिअनुसार विभागले अधिकतम ७.७ प्रतिशत भाडा वृद्धि गरेको छ । अन्तरप्रदेश सार्वजनिक यात्रुबाहक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको छ ।

    त्यस्तै, पहाडी बाटोमा चल्ने मालबाहक सवारी साधनमा ६.९४ तथा तराईमा चल्ने मालबाहक सवारी साधनमा ७.७ प्रतिशत भाडा बढेको छ ।

    स्थानीय रुटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत रहनेछ । आइतबार राति १२ बजेबाट लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २१ रुपियाँ तथा डिजेल र मट्टितेलमा २७ रुपियाँ बढाएको थियो ।

    हाल पेट्रोल प्रतिलिटर १९९ रुपियाँ र डिजेलरमट्टितेल प्रतिलिटर १९२ रुपियाँ कायम भएको छ । डिजेलको मूल्य २७ प्रतिशत बढेकाले सोअनुसार भाडा समायोजन गरिएको विभागले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology