बुटवल,असार ६ ।
बुटवलको तिनाउ खोलाको बाढीले बगाएको ल्याएको शवको पहिचान खुलेको छ । प्रगतिनगरमा फेला परेको शव बुद्धनगरका ६५ वर्षिय किशोरबहादुर नेपाली भएको प्रहरीले पुष्टी गरेको छ ।
उनी मध्यराती खालामा किन र कसरी गए भन्ने बिषयमा अनुसन्धान सुरु गरिएको सशस्त्र प्रहरी बल एपिएफ बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक सुरज पाण्डेले बताए ।
सशस्त्रको उद्धार टाेली, प्रहरी र स्थानीयको सहयाेगमा साे शव नदीको किनारमा ल्याईएको हाे । मृत्युको कारण पोष्टमार्टम र अन्य अनुसन्धानपछि मात्र खुल्न सक्ने पाण्डेले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)