Logo मंगलवार, श्रावण १२ गते २०८३
images

टोपबहादुरको क्षेत्र अर्घाखाँचीमा स्वतन्त्रबाट चुनाव लड्दै कलाकार दुर्गा बन्जाडे

टोपबहादुरको क्षेत्र अर्घाखाँचीमा स्वतन्त्रबाट चुनाव लड्दै कलाकार दुर्गा बन्जाडे

  • 2.2K
    SHARES

  • टोपबहादुरको क्षेत्र अर्घाखाँचीमा स्वतन्त्रबाट चुनाव लड्दै कलाकार दुर्गा बन्जाडे

    बुटवल,असार ६ । 

    पछिल्लाे समय नेपाली राजनीतिमा स्वतन्त्र उम्मेदवार उठे जितिन्छ हिम्मत धेरैलाई बढेको छ।आगामी संघीय र प्रदेशसभाको चुनावको मिति घोषणा नहुँदै विभिन्न व्‍यक्तिहरूले चुनावमा लड्ने घोषणा गर्न थालिसकेका छन्। यसैक्रममा सञ्चारकर्मी रवि लामिछानेदेखि महानायक राजेश हमालसम्म स्वतन्त्र उम्मेदवारीको चर्चा चलिरहेको छ। 

    भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा काठमाडौं महानगर धरान उपमहानगरमा बालेन साह र हर्क राई जस्ता स्वतन्त्र उम्मेदवार विजयी भएपछि नयाँ पुस्ताको हाैसला बढेको हाे ।

    ३ वर्षदेखि काठमाडौंमा बसेर कलाकारिता क्षेत्रमा पहिचान बनाएका अर्घाखाँचीका दुर्गा बन्जाडेले पनि प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन्। उनले भद्रगोल, गोलमाल, ख्याल ठट्टालगायत टेलिसिरियलहरूमा अभिनय गर्दै आएका छन्। बन्जाडेले विभिन्न टेलिसिरियलमा गरेको अभिनयलाई दर्शकले पनि रुचाएका छन्।

    कलाकार बन्जाडेले अर्घाखाँचीबाट आफू चुनाव लड्न लागेको बताएका छन्। चुनावी मैदानमा नेताहरू जनतालाई चिल्ला भाषण दिने र दिएका बाचा अधुरै राख्ने भएकाले त्यसलाई पूरा गर्न आफूले स्वतन्त्र उम्मेदवारी दिने लागेको बन्जाडेले बताए।

    अर्घाखाँचीको यो क्षेत्रबाट २०७४ मा तत्कालीन माओवादी केन्द्रबाट टोपबहादुर रायमाझीले जितेका हुन्। माओवादी र नेकपा एमाले मिलेर नेकपा बनेको र त्यो पार्टी विभाजनसँगै उनी एमालेतर्फ लागेपछि रायमाझीलाई माओवादीले कारबाही गर्दा यो क्षेत्रमा उपनिर्वाचन पनि भएन र हाल रिक्त नै रहेको छ।

    हाल रायमाझी एमालेका नेता हुन्।  कलाकार बन्जाडेले पनि आफ्नो गाउँ ठाउँ, जिल्लाको विकास र मुहार फेर्नका लागि आफूले उम्मेदवारी घोषणाको तयारी गरेको नागरिक अनलाइनसंगको कुराकानीमा बताए ।उनले आफूले जनताको मन जितेर काम गर्ने बताउँदै आफूलाई कुनै शक्तिले रोक्न नसक्ने दाबी गरे।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology