Logo मंगलवार, श्रावण १२ गते २०८३
images

उपाध्यक्षका देवरको मृत्युमा मर्चवारी गाउँपालिकाभरी सार्वजनिक विदा

उपाध्यक्षका देवरको मृत्युमा मर्चवारी गाउँपालिकाभरी सार्वजनिक विदा

  • 2.6K
    SHARES

  • उपाध्यक्षका देवरको मृत्युमा मर्चवारी  गाउँपालिकाभरी सार्वजनिक विदा

    बुटवल,असार ५ ।

    रुपन्देहीको मर्चवारी गाउँपालिकाको उपाध्‍यक्षको देवर नाता पर्ने व्‍यक्तिको मृत्‍युमा गाउँपालिकाभरी सार्वजनिक विदा दिइएको छ ।

    गाउँपालिकाले आइतबार एक विज्ञप्ति जारी गर्दै गाउँपालिकाको उपाध्यक्ष आशा सिंहको देवर नाता पर्ने व्‍यक्तिको आइतबारै सवारी दुर्घटनामा मृत्‍यु भएपछि सार्वजनिक विदाको दिइएको जनाएको छ ।

    गाउँपालिकाका अध्‍यक्ष गया प्रसाद बरईद्वारा जारी विज्ञप्तिमा भनिएको छ,-‘मिति २०७९-३-०५ गतेका दिन यस का कार्यालय लगायत सम्पूर्ण वडा कार्यालयहरु, सामुदायिक तथा निजी विद्यालयहरु तथा अन्‍य संघ संस्थाहरु समेत बन्द रहने व्‍यहोरा यसै सूचनाद्वारा जानकारी गराइन्छ ।’

    हेर्नुस् सूचना :

    marchawari-gaunpalika-दषमब.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology