Logo बिहिवार, आश्विन १ गते २०८३
images

कतारबाट घर फर्केका राजेन्द्रको मोजाभित्र भेटियो सुनको सिक्री,गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ

कतारबाट घर फर्केका राजेन्द्रको मोजाभित्र भेटियो सुनको सिक्री,गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ

  • 1.7K
    SHARES

  • कतारबाट घर फर्केका राजेन्द्रको मोजाभित्र भेटियो सुनको सिक्री,गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ

    बुटवल,असार ४ ।
     
    रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १ सय २२ ग्राम सुनको गहनासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाल्पा राम्दिकोट वडा नम्बर १ का ३४ वर्षीय राजेन्द्र कामी रहेको विमानस्थल भन्सार कार्यालयले जानकारी दिएको छ ।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका निमित्त प्रमुख तिर्थराज पासवानका अनुसार कामीले लगाएको जुत्ताको मोजाभित्र ३ थान सुनको सिक्री र १ थान ब्रासलेट गरी ९ लाख ९० हजार रुपैया बराबरको १ सय २२ ग्राम सुन बरामद भएको हो ।

    कतारबाट ट्रान्जिट भएर कुवेत हुँदै बिहान ६ बजे भैरहवा आइपुगेको जजिरा एयरलाइन्सको उडान नम्बर जे ९, ९४५ बाट कामी नेपाल आएका हुन् । उनलाई बिहान ८ बजे भन्सारको वाकथ्रु मेसिनमा चेकजाच गर्दा  सुनसहित पक्राउ गरिएको निमित्त प्रमुख पासवानले जानकारी दिए।

    पक्राउ परेका कामीलाई स्वास्थ्य परीक्षण गराई शनिबार जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिने र भोलि भन्सार कार्यालयले नै बुझी थप कार्यवाही अगाडि बढाउने पासवानले जनाए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology