Logo मंगलवार, श्रावण १२ गते २०८३
images

थप ३४ जनामा कोरोना संक्रमण

थप ३४ जनामा कोरोना संक्रमण

  • 1.7K
    SHARES

  • थप ३४ जनामा कोरोना संक्रमण

    बुटवल,असार ३ ।

    पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार २३४ जनाको पीसीआर परीक्षणमा २४ जना र १ हजार ३७६ जनाको एन्टीजेन परीक्षणमा १० जना गरी ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोनाबाट १५ जना निको भएका छन् भने हाल देशभर १०४ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये १०२ जना होम आइसोलेसनमा रहेका छन् भने २ जना संस्थागत आइसोलेशनमा बसेका छन् ।

    शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ७०२ पुगेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology