Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल मोवाईल संघ र नियमित रक्तदाताको रक्तदानमा ५३ युनिट रगत संकलन

बुटवल मोवाईल संघ र नियमित रक्तदाताको रक्तदानमा ५३ युनिट रगत संकलन

  • 2.9K
    SHARES

  • बुटवल मोवाईल संघ र  नियमित रक्तदाताको रक्तदानमा ५३ युनिट रगत संकलन

    बुटवल,असार २।

    बुटवल मोवाईल संघको आयोजना तथा नेपाल नियमित रक्तदाता संघको सहकार्यमा बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

    बुटवलको वीपी चोकमा भएको कार्यक्रममा ५३ युनिट रगत संकलन भएको बुटवल मोवाईल संघले जनाएको छ । कार्यक्रमको एक समारोहका बिच बुटवल मोवाईल संघका अध्यक्ष बिष्णु ज्ञवालीले रगत दान दिएर शुभारम्भ गरे ।

    सो अबसरमा नेपाल नियमित रक्तदाता संघका केन्द्रिय उपाध्यक्ष लेखनाथ भण्डारी, मोवाईल संघका अध्यक्ष बिष्णु ज्ञवाली,कार्यक्रम संयोजक डिएन भण्डारी लगायतले बोल्दै सामाजिक सेवाका लागि रक्तदान गरिएको बताएका थिए । उनीहरुले रक्तदानलाइ नियमित बनाउने समेत बताए ।

    a.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology