Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रधानमन्त्री देउवाले एसपीपीबारे संसदमा जानकारी दिनुपर्छ : गगन थापा

प्रधानमन्त्री देउवाले एसपीपीबारे संसदमा जानकारी दिनुपर्छ : गगन थापा

  • 2.0K
    SHARES

  • प्रधानमन्त्री देउवाले एसपीपीबारे संसदमा जानकारी दिनुपर्छ  : गगन थापा

    काठमाडौं,असार १ ।

    नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले ‘‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी)बारे संसदमा जानकारी दिनुपर्ने बताउनुभएको छ ।

    प्रतिनिधिसभाको बुधबारको बैठकमा कांग्रेसका महामन्त्रीसमेत रहनुभएका सांसद थापाले अमेरिकासँग गर्न लागेको भनिएको एसपीपी सम्झौताबारे प्रधानमन्त्री देउवाले नै संसदमा आएर जानकारी दिनुपर्ने बताउनुभएको हो ।

    ‘‘हामीले सबै शक्ति राष्ट्रसँग मिलेर काम गर्ने हो तर सेना संलग्न हुने कुनै पनि कार्यक्रममा नेपाल सहभागी हुन पाउँदैन ।,’’ उहाँले भन्नुभयो ।

    सांसद थापाले प्रधानमन्त्रीले संसदमा आएर एसपीपी सम्झौता हुँदैन र गर्दैनौं भन्नुपर्ने माग गर्नुभयो । ‘‘प्रधानमन्त्री मेरो पार्टीको सभापति पनि हुनुहुन्छ । नेपाली एसपीपी जस्तो सामरिक स्वार्थ भएको कार्यक्रममा सहभागी हुनुहुँदैन ।,’’ उहाँले भन्नुभयो, ‘‘आजै अहिले नै यो बैठकमा आएर प्रधानमन्त्रीले आफैँले यस्तो किसिमको सम्झौता उहाँकै भाषामा ‘गर्दैन गर्दैन गर्दैन’ भनेर भन्नुपर्छ ।’’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology