Logo बुधवार, श्रावण १३ गते २०८३
images

नवलपरासी पश्चिमको सुस्तामा हनुमान मन्दिरका ७५ बर्षिय पुजारी महगु केवटको हत्या

नवलपरासी पश्चिमको सुस्तामा हनुमान मन्दिरका ७५ बर्षिय पुजारी महगु केवटको हत्या

  • 3.6K
    SHARES

  • नवलपरासी पश्चिमको सुस्तामा  हनुमान मन्दिरका ७५ बर्षिय पुजारी महगु केवटको हत्या

    बुटवल ,कार्तिक १०। 

    नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका वडा नं ४ नर्सही उचम टाडी गाउँमा रहेको हनुमान मन्दिरका पुजारीको आइतबार हत्या गरिएको छ । धारिलो हतियार प्रयोग गरि ७५ बर्षिय पुजारी महगु केवटको हत्या गरिएको हो । पुजारी सोही गाउँ बस्दै आएका थिए । 

    पुजारीको घरेलु हतियार हसियाले प्रहार गरि हत्या गरिएको हुन सक्ने प्रहरीले जनाएको छ । मन्दिरदेखि लगभग दुई किलोमिटर पश्चिम दिशामा रहेको एकान्त खाली ठाउँमा पुजारी केवट मृत अवस्थामा फेला परेका थिए ।

    एक स्थानीयले टयाक्टर लिई खेत जोत्न गएको बेला पुजारी मृत अवस्थामा देखी स्थानीय प्रहरीलाई खबर गरेका थिए । पुजारीको के कारण हत्या भएको र हत्याराको पछाडीको कस्को संलग्नता रहेको छ भनेर खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । 

    केहि हप्ताअघी रौतहटमा एक हनुमान मन्दिरका पुजारीको हत्या भएको थियो। सो हत्याको भरपर्दो अनुसन्धान नभइ हत्याराले उन्मुक्ती पाएको आरोप लागिरहेकै बेला नवलपरासीमा अर्का पुजारीको हत्या भएको हो । 

    रौतहटमा पुजारी हत्या : सत्यतथ्य छानबिन गर्न माग गर्दै बुटवलमा राप्रपाका विद्यार्थीले गरे विरोध प्रदर्शन

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology