Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मानव अधिकार तथा शान्ति समाजद्वारा बुटवलमा रक्तदान

मानव अधिकार तथा शान्ति समाजद्वारा बुटवलमा रक्तदान

  • 2.9K
    SHARES

  • मानव अधिकार तथा शान्ति समाजद्वारा बुटवलमा रक्तदान

    बुटवल,जेठ ३१ ।

    मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको आयोजनामा बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विश्व रक्तदाता दिवसको अवसरमा रक्तसञ्चार केन्द्र बुटवलमा रगतदान भएको हो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले रगतलाइ निशुल्क उपलब्ध गराउन प्रदेश सरकारले यसअघि पनि बजेट छुट्टाएको भन्दै त्यसको कार्यान्वयनमा समन्वयकारी  भूमिका खेल्ने बताए । उनले रगत दिनु भनेको मानिस स्वस्थ रहेको प्रमाण र अरुको जीवन बचाउन सक्ने सामर्थ्य रहेको प्रमाण भएको समेत बताए ।

     अवसरमा शान्ति समाजका केन्द्रीय सभापति गोबिन्द खनालले रगत निशुल्क उपलब्ध गराउने ब्यबस्था मिलाउन सरकारसँग माग गरे । कार्यक्रममा शशस्त्र प्रहरी नायव उपरिक्षक सुरज पाण्डेले समाजले सकारात्मक सामाजिक काम गरेकोमा खुसी जनाए ।

    शान्ति समाजका रुपन्देही सभापति डीपी खनालको अध्यक्षता तथा सचिव कपिल ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा २० युनिट रगत संकलन भएको छ ।blood don.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology