बुटवल,जेठ २९ ।
लायन्स क्लव अफ तिलोत्तमा बुद्धज्योतिमा वर्ष २०२२-२३ का लागि नयां कार्यसमिति चयन गरेको छ । आइतबार भएको क्लवको साधारणसभाले बैंकर गंगाराज सापकोटा अध्यक्ष रहेको कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
प्रथम उपाध्यक्षमा देवबहादुर कुंवर, द्वितीय उपाध्यक्षमा कृष्णप्रसाद पन्थी,तृतीय उपाध्यक्षमा उपेन्द्रप्रसाद अधिकारी,सचिवमा इन्जिनियर विनोद भण्डारी,क्लब एड्मिनिस्ट्रेटर शान्तकुमार कार्की,कोषाध्यक्षमा शोभाखर सुनार निर्वाचित भएका छन् ।
यस्तै क्लब सहसचिवमा करन राना, सहकोषाध्यक्षमा हुतराज शर्मा,मेम्बरशीप चेयरपर्सनमा हिरा गिरी,एलसीआईएफ कोअर्डिनेटरमा बसन्त पाण्डे,क्लब सर्भिस चेयरपर्सनमा मेख कुंवर निर्वाचित भएका छन् ।
यस्तै क्लव मार्केटिङ एण्ड कम्युनिकेसन चेयर पर्सनमा टीआर शर्मा,टेल टुइस्टरमा दीपा अर्याल,निर्देशक तथा पार्क व्यवस्थापकमा रामप्रसाद पन्थी निर्वाचित भएका छन् । यस्तै सल्लाहकारहरुमा क्लबका संस्थापक अध्यक्ष भक्तबहादुर खड्का तथा पुर्व अध्यक्षहरु ज्ञानेन्द्र पोखरेल,नारायणप्रसाद पाण्डे र निवर्तमान अध्यक्ष केशर थापा चयन भएका छन् ।
कार्यक्रममा चार्टर पेसिडेन्ट भक्तबहादुर खड्का, नवनिर्वाचित अध्यक्ष गंगाराज सापकोटा लगायतले आगामी दिनमा क्लबलाई अझ धेरै सााजिक कार्यमा क्रियाशील बनाउने प्रतिवद्धता जनाएका थिए ।
क्लबले बुटवलको योगीकुटीमा करिब २० लाख रुपैयां लागतमा हरियालीयुक्त स्मार्ट लायन्स पार्क निर्माण गरेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)