बुटवल,जेठ २९ ।
मृगौला रोगबाट ग्रसित रुपन्देहीका कवि चतुर्भुज आत्रेयलाई साहित्यकारले १ लाख ५ हजार ५०५ सहयोग गरेका छन् ।
कवि आत्रेयको उपचारका लागि गजल सागर नेपाल र प्रगतिशील लेखक संघ नेपाल, रुपन्देहीको संयोजनमा विशेषगरी मीनबहादुर रानाले चलाएको अभियानमा देश विदेशबाट संकलित १ लाख ५ हजार ५ सय ५ रूपैयाँमध्ये त्रियानब्बे हजार ५ सय ५ रुपैयाँ बुझाइएको बाँकी बाह्र हजार केही दिनमा बुझाउने अभियन्ता कृष्ण गाउँलेले नागरिक अनलाइनलाई बताउनुभयो ।
आत्रेयका यतिबेला दुवै मृगौलाले काम गर्न छोडेकाले उपचाररत हुनुहुन्छ ।
कवि आत्रेयको घरमै पुगेर उहाँलाई साे रकम हस्तान्तरण गरिएको छ । यसैबिच विगत २७ वर्ष यता हरेक महिनाको अन्तिम शनिबार बुटवलमा नियमित सञ्चालन हुँदै आएको तर कोभिड-१९ का कारण रोकिएको साहित्य संगम बुटवलको नियमित मासिक शृङ्खला सुचारू भएको छ ।
सो कार्यक्रममा बोल्दै प्राज्ञ बूँद रानाले साहित्यकारले नै सहीलाई सही र गलतलाई गलत भन्न र लेख्न सक्ने साथै समाजको दर्पण रहेको हुनाले निरन्तरता दिएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रम अध्यक्षता कवि चतुर्भुज आत्रेयले गर्नु भएको थियो । आत्रेय परिवर्तनका आन्दोलनमा सधैं अग्रभागमा देखिने कवि हुनुहुन्छ । देशमा भएका विसंगतिविरुद्ध एक्लै माइक बोकेर आन्दोलनको शंखघोष गर्नुहुने आत्रेयले कम्युनिस्ट आन्दोलनमा अहोरात्र खट्दा धेरै पटक जेलनेल भोग्नु भएको छ ।
कार्यक्रममा आत्रेयले ९ वटा कविता वाचन गर्नु भएको थियो । उहाँका कविता देशभक्तिको भावनाले ओतप्रोत थिए । कवि आत्रेयले ठूलो कष्टले जोगाएको पार्टी नेतृमा हैकमवादी चरित्र देखापर्दा चिन्ता लाग्ने बताउनुभयो ।
देशप्रतिको माया र चिन्तामिश्रित कविता वाचन गर्नु भएका कवि आत्रेयको साधारण जीवन शैली छ । आन्दोलनका घाइते हुनुभएका कारण उहाँलाई चिन्नेहरूले जिउँदो सहिद पनि भन्दछन् ।
सो साहित्य संगम बुटवलको ३११ औं शृङ्खलामा प्रमुख अतिथि बूँद राना, समीक्षक रमेश समर्थन, लक्ष्मण ज्ञवाली, यज्ञलाल सुवेदी, सुशीला आत्रेय, सरोज ज्ञवाली, नारायणप्रसाद भण्डारी, सिर्जना खनाल, गीतारानी बलाल, दुर्गा थापा मगर, बिन्दु भण्डारी, यम थापा, सविता पौडेल, आशीष आचार्य लगायतले आ-आफ्नो विचार तथा रचना वाचन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन कृष्ण गाउँलेले गर्नुभएको थियो ।
कार्यक्रम कवि चतुर्भुज आत्रेयको निवास बुटवल ११ स्थित योगिकुटीमा कार्यक्रम सम्पन्न भएको थियो।
समाजले सहयोगीहरुको नामावली र हिसाब तल सार्वजनिक गरेको छ ।
१) गंगा लिगल = २५००/- २) सन्ध्या भण्डारी = २०००/- ३) वेनाम साथी = २५००/- ४) कवि मित्र उराठी = १०००/- ५) गंगा अभिलासी + डिबी गहतराज १०००/- ६) गुरुप्रसाद कुमाल बुलबुल = १०००/- ७) सराेज भुजेल + अशाेक क्षितिज = २०००/- ८) जगिलाल थापा = २०००/- ९) कृष्ण घिमिरे गाउँले = १०००/- १०) लिला राना + जयन्ती सरगम = ५०००/- ११) अमृत पीयूष = ५०००/- १२) सराेज सर्वहारा = ५०००/- १३) लक्ष्मी केसी = १०००/- १४) धनकुमारी अर्याल = १०००/- १५) शङ्कर गाैतम = ५००/- १६) अजित खनाल = २५००/- १७) सुन्दर वासी = २०००/- १८) जे. बि. क्षेत्री = १०००/ १९) सरला गाहा = १०००/ २०) जिवेन्द्र देव गिरी = २५००/- २१) देवेन्द्र घिमिरे = १०००/- २२) विष्णु विवश पाेख्रेल =५००/- २३) मिन बहादुर राना =१३,०००/- २४) पुरुषोत्तम पाण्डे = १०००/- २५) डि आर बञ्जाडे = १०००/- २६) देवेन्द्रराज शाक्य +धर्मी शाक्य = २०००/- २७) डा श्याम प्रसाद न्यौपाने = १०००/- २८) नारायण प्रसाद भण्डारी = १०००/- २९) रूद्र ज्ञवाली = १०००/- ३०) अमृता गुरुङ = १०००/- ३१) संगिता अञ्जुली = १०००/- ३२) मोहन मरासिनी = ५००/- ३३) रामचन्द्र श्रेष्ठ = १०००/- ३४) ईन्दिरा वाग्ले शर्मा = १५००/- ३५) घनश्याम कोइराला = १०००/- ३६) हुमराज भुसाल = १०००/- ३७) कपिल ज्ञवाली = ५००/- ३८) ऋषिराम भुसाल = ५०००/- ३९) हिरण्यलाल ज्ञवाली = १०००/- ४०) रमेश समर्थन = १०००/- ४१) सिर्जना खनाल = १०००/- ४२) राधा भट्टराई = १००५/- ४३) ऋषि आजाद = १०००/- ४४) यज्ञलाल सुवेदी = १०००/- ४५) लक्ष्मण ज्ञवाली = १०००/- ४६) सरोज ज्ञवाली = १०००/- ४७) गितारानी बलाल = १०००/- ४८) विजय सागर = १०००/- ४९) जंग बहादुर शाह = ३०००/- ५०) बूँद राना = २०००/- ५१) सुवास रिजाल = १०००/- ५२) निर्मल ढुङ्गाना =१०००/- ५३) दुर्गा थापा मगर = १०००/- बुझाईएको जम्मा = ९३,५०५/- ....... ५३) कृष्णप्रसाद कोइराला = १०००/- ५४) कविराज पौडेल = १०००/- ५५) राजेन्द्र कुमार आचार्य = २०००/- ५६) माधव कुमार पौडेल = २०००/- ५७) हिरालाल धामी = १०००/- ५८) टंक पराजुली = ५०००/- बुझाउन बाँकी = १२०००/- जम्मा रकम = १,०५,५०५/- जम्मा एक लाख पाँच हजार पाँच सय पाँच मात्र ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)