Logo बिहिवार, आश्विन १ गते २०८३
images

 ९ वटा बैंक सहभागि फुटसल प्रतियोगितामा मेगा बैंकले जित्यो उपाधि

 ९ वटा बैंक सहभागि फुटसल प्रतियोगितामा मेगा बैंकले जित्यो उपाधि

  • 4.2K
    SHARES

  •  ९ वटा बैंक सहभागि फुटसल प्रतियोगितामा मेगा बैंकले जित्यो उपाधि

    बुटवल जेठ २९ ।

    रोटयाक्ट क्लब अफ बुटवल डाउनटाउनको आयोजनामा वित्तीय संस्थाहरु बीच गरिएको फुटसल प्रतियोगितामा मेगा बैंक नेपाल लिमिटेड विजेता भएको छ ।

    लिग चरणमा खेलाइएको  खेलको फाईलनलमा मेगा बैंक नेपाल लिमिटेडले सिटिजन बैंक ईन्टरनेसनल लाई ६ गोल गर्दै उपाधी जितेको  छ भने सिटिजन बैक उपबिजेता भएको छ ।

     फुटसल प्रतियोगितामा  नेपाल रास्ट्र बैंक सहित  ९ बटा बैंकहरुको सहभागिता रहेको थियो । बिजेता हुने  मेगा बैंक नेपाल लिमिटेडले नगद रु ५० हजारसहित कप ,मेडल र प्रमाणपत्र पाएको छ भने उपबिजेता सिटिजन  बैंकले नगद रु ३० हजार सहित कप मेडल र   प्रमाण पत्र  पाएको छ ।
    प्रतियोगितामा बेस्ट पेलेयर मेगा बैंकका सुलभ थापा , हाइ  स्कोरर  सिटिजन बैंकका  सचिन घिमिरे र बेस्ट किपर मेगा बैकका बिश्व  पौडेलले पाएका छन् ।  कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोटरी डिष्टीकका एजी जीवन अधिकारीले रोट्क्याट क्बल अफ बुटबल डाउनटाउनले सामाजिक क्षेत्रमा खेलेको भूमिका निकै महत्बपूर्ण रहेको बताउनुभयो ।

    स्वास्थ्यका लागि खेलकुंद महत्वपूर्ण रहेको र खेलले संस्थागत विकासमा सहयोग पुराउने भएकाले आगामि दिनमा यस्ता खालका कार्यक्रमहरुलाई निरन्तरता दिन आग्रह गर्नुभयो । कार्यक्रममा रोटरी क्लब अफ बुटवल  डाउनटाउनका अध्यक्ष जमिन कक्षपति,  रोटयाक्ट डाउनटाउनका पूर्ब अध्यक्ष लक्ष्मण पन्थी , कार्यक्रम  संयोजक तथा इलेक्ट प्रेसिडेन्ट  सौरभ भुसाल नेपाल रास्ट्र बैंक सिद्धार्थनगरका कामु निर्देशन माधव प्रकाश  लगायतले मन्तब्य राख्नुभएको थियो । क्लबका अध्यक्ष राम बेल्बासेको अध्यक्षयता र  क्लबका प्रथम उपाध्यक्ष आबिस्कार खनालको संचालनमा प्रतियोगिता  सम्पन्न भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology