Logo बुधवार, श्रावण १३ गते २०८३
images

एम्स कलेजमा नयाँ विद्यार्थीलाई स्वागत र पुरानालाई विदाई

एम्स कलेजमा नयाँ विद्यार्थीलाई स्वागत र पुरानालाई विदाई

  • 3.2K
    SHARES

  • एम्स कलेजमा नयाँ विद्यार्थीलाई स्वागत र पुरानालाई विदाई

    बुटवल जेठ २९ ।

    एम्स कलेज बुटवलमा स्वागत तथा विदाइ कार्यक्रम भएको छ ।

    अध्ययनरत बिबिएस दोस्रो र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत र बिबिएस तहको अध्यापन पूरा गरेका विद्यार्थीहरुलाई विदाई गरेका छन् ।

    बुटवल औद्योगिक क्षेत्रका इन्जिनियर भोलानाथ भुर्तेलको प्रमुख आतिथ्यता, कलेजका प्रबन्ध दिर्देशक गोपालप्रसाद न्यौपाने र क्याम्पसा प्रमुख दिपक ढकालको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता चौथो वर्षका दिपेश भुषालको रहेको थियो ।ai.jpg

    कार्यक्रममा बोल्दै अतिथिहरुले अहिलेको विश्वव्यापीकरणको व्यवसायिक युगमा व्यवस्थापनको बढ्दो महत्वको बारेमा चर्चा गर्दै अवसरको सदुपायोग र चुनौतीको सामना गर्न हरेक क्षेत्रबाट सक्षम हुनुपर्ने कुरामा जोड दिए ।

    विद्यार्थीहरु रामप्रकाश पाण्डे, मुना घिमिरे लगायत कार्यक्रम संयोजक सन्जिव पाेरखेलले आ–आफ्नो धारणा राखेका थिए । औपचारिक र अनौपचारिक गरी दुई शत्रमा भएको कार्यक्रमा विद्यार्थीहरुले विभिन्न रचनात्मक तथा सांस्कृतिक प्रस्तुति दिएका थिए भने स्वागत र बिदाई हुने विद्यार्थीहरुलाई अतिथिहरुबाट मायाको चिनो प्रदान गरिएको थियो ।

    कार्यक्रम विद्यार्थीहरु केवलराज गिरी, लक्षिता खनाल र ईशा पाण्डेले सञ्चालन गरेका थिए । कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरुलाई पुरष्कृत गरिएको र क्याम्पसका निवर्तमान अध्यक्ष रामप्रकाश पाण्डेद्वारा नव निर्वाचित अध्यक्ष लक्षिता खनाललाई पदभार हस्तान्तरण गरिएको थियो ।aims.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology