Logo मंगलवार, श्रावण १२ गते २०८३
images

आकाशमा बादल मडारिएपछि निदाउँदैनन् तिनाउ किनारवासी !

आकाशमा बादल मडारिएपछि निदाउँदैनन् तिनाउ किनारवासी !

  • 4.8K
    SHARES

  • आकाशमा बादल मडारिएपछि निदाउँदैनन् तिनाउ किनारवासी !

    बुटवल जेठ २८ ।

    साउन ११, २०७३ मा बुटवलको तिनाउ नदीमा आएको बाढीले  झोलुङ्गे पुल नै बगायो । नदी किनारका १५ घर बगे भने करिब ३ सय भन्दा बढी घर डुबानमा परे । प्रगतिटोलका १० र तत्कालिन बुटवल–१३ ( हाल बुटवल ११ )मझुवाका ५ घर बाढीले बगाएको थियो यद्यपी बाढी बिहानको समयमा आएको कारण मानवीय क्षती भने हुन पाएन,समयमै उद्धारको काम भयो । त्यसयता तिनाउको बाढीले प्रत्येकबर्ष किनार कटान गर्दै जांदा बर्षेनी ३-४ घर बगाउदै आएको छ ।

    गतसाल पनि तिनाउको बाढीले २ जना बेपत्ता भए भने जोखिममा परेका स्थानीयलाइ अन्य स्थानमा स्थानान्तरण गरिएको थियो । यसबर्ष मनसुन भित्रिएपनि नियमित बर्षा भैसकेको छैन । तर त्रास शुरु भएको छ । बुटवल ११ बिनापातेकी सुस्मा परियार बर्षको तीन महिना निदाउँन सक्दिनन् । तिनाउ खोलाको किनारमा उनको सानो झुपडी छ । आफूहरुलाइ नेताहरुले नै सधैको सुकुम्बासी बनाएकोमा उनको दुखेसाे छ ।

    tinau khola.jpg

    बषौंदेखि उनको परिवार तिनाउमा बर्षायाममा उर्लिने  बाढीको त्रास र चपेटाले गर्दा अनिदै बस्नु परेको हो । हिउदमा हावाहुरी,बर्षामा बाढी पहिरोको जोखिम झेल्नुपरेको उनको गुनासो  छ ।

    सुस्माको परिवार बर्षाको समयमा बेबारिसे समेत बन्ने गरेको छ । ‘घरमा बाढी पस्ने खतराका कारण आकाश मडारिएपछि मनमा डर शुरु हुन्छ,पानी पर्न थालेपछि त अरुको घरमा गएर बस्छु,मेरो झुपडी डुबाइहाल्छ ।’उनको दुखेसो छ ।

    उनले जस्तै समस्या यो बस्तीका अधिकांशले झेल्नुपरेको छ ।उनीहरुका लागि यो परम्परा जस्तै भैसकेको छ । गरिबीका कारण जीवन जाने खतरा भएको गुनासो गर्दै उनले भनिन्-‘हामी सम्पन्न परिवारमा जन्मेको  भएको भए त के आजसम्म खोला कुरेर बस्नुपथ्र्याे र ? ’उनले आफूहरु जस्ता गरि बिपन्नलाई सरकारले केही ब्यबस्था गरिदिनुपर्ने बताईन् ।

    मनसुन सक्रिय बनेर दिनदिनै बर्षा हुन थालेपछि तिनाउ नदी किनारका बासिन्दाको निद्रा हराएको हो भने जीवन असुरक्षित बनेको छ ।  जोखिमको बस्तीलाई तिनाउको बर्षमासको बाढी पहिरोको डरले  पनि अझ असुरक्षित बनाएको हो ।

    tinau.jpgबुटवलको तिनाउ, दानव नदी आसपासका क्षेत्रमा बसोबास गरेकाहरु बर्षाैँदेखि यहि समस्याले अतालिएका छन् । तिनाउ छेउका बासिन्दाहरुले प्रकोप नियन्त्रणका लागि आग्रह गर्छन् ।

    बुटवल उप–महानगरपालिकाले संकलन गरेको लगत तथ्यांकअनुसार आठ सय ३० परिवार भूमिहीन दलित, तीन सय २० परिवार भूमिहीन सुकुम्बासी र १५ हजार पाँच सय ७३ परिवार अव्यवस्थित बसोबासी गरी बुटवलमा १६ हजार सात सय २३ परिवार छन् ।

    नदीको बहाव क्षेत्र मानिने यो क्षेत्रमा आउ नसक्ने सम्भावित जोखिम कम गर्न र बस्ती जोगाउन बुटवल उपमहानगरपालिकाले तत्कालिक र दीर्घकालीन योजना बनाउने तयारी गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको भनाइ छ । तिनाउ अवलाेकनमै खाेलामै भेटिएका पाण्डेय भने-‘मैले निर्वाचित हुनासाथै तिनाउ किनारका जोखिम हुनसक्ने सबै क्षेत्रमा पुगेर स्थलगत अवलोकन गरिसकेको छु,स्थानीयको समस्या मैले बुझेर अहिले तटबन्धको काम पनि भैरहेको छ।’

    tinau khola.jpg

    आकाशमा बिजुली चम्कनथालेपछि हामी त्रसित बन्नुपर्छ स्थानीय केशव बिकले प्रमुखलाई तिनाउ किनारमै सुनाए । बुटवल देविनगरक्षेत्रका विनापाते, हात्तिसुढ, खयरघारी, प्रगतिनगर लगायतका क्षेत्रमा प्रत्येक बर्ष बाढीले क्षति पुर्याउने गरेको छ ।

    क्षति भएपछि मात्रै चिन्ता गर्ने परम्परा :

    यो बर्ष पनि जोखिमयुक्त क्षेत्रका बासिन्दाहरुले पूर्व तयारी गरेका छैनन् । क्षति भएपछि मात्रै सुरक्षित स्थानको खोजी गर्ने बानी भएकाले मानिसको ज्यान समेत जाने गरेको भन्दै प्रशाशनले जोखिमयुक्त ठाउ छाड्न सर्वसाधारणलाई आग्रह गर्ने गर्छ । जोखिम क्षेत्रका बासिन्दाले तिनाउको बाढीबाट जोगाउन अपील गरेका छन् ।

    जिल्ला दैविक प्रकोप उद्धार समितिका संयोजक एंव प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जोखिम मानिएको सो बाढिले प्रभाबित बनाउन सक्ने क्षेत्रको अबलोकन पछि अरु काम अगाडि बढ्ने बताए । उहाले प्राकृतिक प्रकोप जुनसुकै बेला पनि आउन सक्ने भएकाले नदी छेउका जोखिम ठाँउका सर्वसाधरणलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरे  । 

    जिल्लाका दक्षिणी भेगहरु डुवानको उच्च जोखिममा छन् । स्थानिय ४५ बर्षिय बिरबहादुर बिश्बकर्माले आफ्ना ५ जनाको परिवारको सुरक्षाका लागि बर्षायाम भर पहाड तिरका आफन्तकोमा जाने बताए ।

    हात्तिसुढ बस्ती बिकास समितिका अध्यक्ष भिमसेन श्रेष्ठले बिकास समिति भित्र पर्ने भारत सरकारले बनाएको यसअघिको बाढीले बांध भत्काएको बताए । उनले बस्तीका नागरिकको सुरक्षाका लागि प्रशासनसंग माग गरे ।

    बुटवल उपमहानगरपालिकाको २५-३० हजार भन्दाबढी जनसंख्या रहेको बस्ती तिनाउमा आउने बाढीको उच्च जोखिममा छ । बिस २०५९ सालदेखि तिनाउ नदी किनारमा बस्ती बस्न थाले यता एकातिर नदी अतिक्रमण बढेको छ अर्कोतिर अतिक्रमणसँगै जोखिमपनि बढ्दै गएको हो ।

    miss univers 2023.jpg

    हिउदमा सुख्खा हुने बुटवलको तिनाउ नदी बर्खायाममा डरलाग्दो गरी उर्लिएर आउछ । पाल्पाको माडीबाट शुरु भएको तिनाउमा ३० वटा भन्दा बढी खहरे खोला मिसिएर बुटवल आइपुग्दा नदी कनारका बस्ती नै जोखिममा पर्ने गरी बाढी आउछ । 

    अनियन्त्रित दोहनले क्षती बढ्दाे :

    विगतका बर्खामा भएकोे क्षति यसपटक नदोहोर्याउनका लागि बुटवल उपमहानगरपालिकाले सुरक्षाको व्यवस्था गर्नुपर्ने तिनाउ टोलविकास समितिका अध्यक्ष हिमलाल पाण्डले बताए ।

    तिनाउको अनियन्त्रित दोहनले पनि क्षती बढाएको स्थानीय युवा सुनिल शाहीको भनाइ छ । बेलैमा भविश्यमा हुनसक्ने क्षती रोक्न सबै सचेत भएर तयारी गर्नुपर्ने उनी बताउँछन् ।

    miss univers 2023.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology