बुटवल जेठ २८ ।
नेपालमा २४ घण्टामा १७ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको १ हजार १९३ पीसीआर र ९८० जनाको एन्टीजेन परीक्षणका क्रममा १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा ११ जना संक्रमित निको भएका छन्। यो सँगै निको हुनेको कुल संख्या ९ लाख ६७ हजार १९२ जना पुगेको छ। उक्त अवधिमा कसैको पनि मृत्यु भएको छैन। देशभर हाल १०७ जना सक्रिय संक्रमित छन्।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)