बुटवल जेठ २८ ।
लुम्बिनी प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री पूर्मति ढेंगा मगरले बिद्युतीय सवारी साधनको नै अबको भबिश्य भएको बताउनुभएको छ । उपभोक्ताहरु महंगीको मारमा पर्दै गइरहेको र पेट्रोलियम पदार्थको बिकल्पका रुपमा बिद्युतीय साधनलाइ प्राथमिकता दिन उहाको आग्रह थियो ।
लुम्बिनी अटोमोबाईल्स एशोसियसन अफ नेपाल नाडाका दोस्रो वार्षिक साधारणको रुपन्देहीको तिलोत्तमामा उद्घाटन गर्दै उहाले बिद्युतीय गाडिका चार्जिङ स्टेशन बनाउने तयारी भैरहेको र त्यसपछि बिद्युतीय बस चलाउन निजी क्षेत्रसंग सहकार्य गरिने बताउनुभयो । मन्त्री मगरले उपभोक्ताको रुची अनुसारका सवारी साधन भित्राउन पनि यातायात क्षेत्रका ब्यसायीलाइ आग्रह गर्नुभयो ।
मन्त्री ढेगामगरले युवाहरुलाई देशमा नै रोजगार दिन अटो ब्यवसायको ठूलो योगदान रहेको बताउनुभयो । प्रदेश सरकारले अटो ब्यवसायलाई उकास्ने गरि अटो तालिमका साथै उद्यम ब्यवसायी बनाउने रुपमा उद्यमशीलतामूखि कार्यक्रमहरु ल्याएको बताउनुभयो ।

युवा र अटो क्षेत्रलाई समेट्ने गरि नीतिगत रुपमा आफुले काम गर्ने प्रतिवद्धता जनाउदै उहाले सडकको मर्मत,सडक प्रयोगका बारेमा जानकारी दिने,सवारी ब्यवस्थापनका लागि आवश्यक ट्राफिक ब्यवस्थापनको लागि समेत सरकारले पहल गर्ने बताउनुभयो । सरकारका कानुन नीति नियम ब्यवसायीमैत्री बनाउन आफ्नो पहल रहने र यसमा आफु संवेदनशील रहेको बताउनुभयो ।
सडक दुर्घटना न्युनिकरण गर्न,पार्किङ ब्यबस्थापन,सडकमा सिसिटीभी जडान लगायतका काम हुन गैरहेको उहाले जानकारी दिनुभयो । बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डयले अटो क्षेत्रका ब्यबसायीको अनुहार निरास भैरहेको भन्दै उहाहरुलाइ उर्जा भर्न प्रदेश सरकार र स्थानीय सरकार तयार रहेको बताउनुभयो । उहाले ब्यबसायीमैत्री बन्न र हातेमालो गर्न बुटवल उपमहानगर सधै तयार रहेको धारणा राख्नुभयो । कार्यक्रममा नाडाका केन्द्रिय अध्यक्ष ध्रुवबहादुर थापाले प्रदेशस्तरमा संस्थालाई विकेन्द्रीकरण गरि ब्यवसायीहरुलाई संगठित र मजबुत बनाउने कामलाई अघि बढाएको बताउनुभयो ।
ईतिहासमा नै अटो क्षेत्र सबैभन्दा कठिन समस्यामा रहेको भन्दै यसमा सरकारको विशेष ध्यान जानुपर्नेमा जोड दिनुभयो ।
साढे ३ खर्बको लगानी, १ लाख प्रत्यक्ष र राजश्वमा २५ प्रतिशत योगदान दिएको क्षेत्रलाई राज्यबाट योगदानको महत्त्व बुझ्न नसकेको दुखेसो गर्नुभयो । विद्युतिय सवारीलाई प्राथमिकता राख्ने भनेपनि ब्यवहारमा कार्यान्यनमा चुकेको उनले दुखेसो गरे। नेपालको भौगोलिक अवस्था र विद्युतिय सवारीको प्रयोग विपरित सरकारी नीति भएको भन्दै २ वर्षको अन्तरमा ४ पटक कर फेरबदल गरेको दुखेसो सुनाउनुभयो ।
नाडा लुम्बिनीका अध्यक्ष गणेश भट्टराईले लुम्बिनी प्रदेशका १२ जिल्लाका ब्यवसायीहरुलाई संगठित गर्दै अगाडि बढेको बताउनुभयो । देशको राजश्वमा २५ प्रतिशत योगदान दिएको र लाखौ युवाहरुलाई रोजगार दिन सफल भएको र कुल आयको दोब्बर राजश्व अटो मोबाईल्स व्यवसायीहरुले उपलब्ध गराउने गरेको उहाले बताउनुभयो । सरकारले पछिल्लोसमय सवारी आयातमा प्रतिवन्धले आर्थिक समस्या उत्पन्न हुने देखिएको बताउँदै उनले अटोमोबाईल्स ब्यवसायमा संकट छाएको दुखेसो गर्नुभयो । समृद्धिको यात्रामा अघि बढेको देशकै विकास गर्न पर्यटन र कृषि प्रमुख मानिने भएकाले पनि यसमा अटो मोबाइल्सको महत्वपुर्ण योगदान रहेको उहाको भनाइ छ ।
ट्राफिक प्रहरी कार्यालय लुम्बिनी प्रदेशका प्रमुख प्रहरी उपरिक्षक योगेन्द्र सिह थापाले ट्राफिक नियमको पुर्ण पालना नभई दुर्घटनामा कमी नआउने भन्दै यसतर्फ सबै सचेत हुनुपर्ने बताउनुभयो । उहाले सबैलाइ आफ्नो जिम्मेवारी र भुमिका मानेर योगदान दिन आग्रह गर्दै अझै पनि ट्राफिक ब्यवस्थापनमा प्रविधिको कमी रहेको बताउनुभयो ।
दुई पत्रकार र तीन जना ट्राफिक प्रहरीलाई सम्मान :

कार्यक्रममा पत्रकारीता क्षेत्रबाट अटोमोबाईल्स क्षेत्रको प्रचारप्रसार र सूचना संप्रेषणमा उत्कृष्ट योगदान दिएवापत नागरिक अनलाइनका सम्पादक ,बुद्ध टिभीका समाचार संयोजक तथा गोरखापत्रका समाचारदाता कपिल ज्ञवाली तथा कान्तिपुर र बुटवल टुडेका रिर्पाेटर स्वस्तिक श्रेष्ठलाई नगदसहित सम्मान गरिएको छ ।
यसैगरि ट्राफिक ब्यवस्थापनमा उत्कृष्ट योगदान पुर्याएवापत ३ जना ट्राफिक प्रहरीलाई सम्मान गरिएको छ । ट्राफिक सहायक निरिक्षक फर्सुराम गौतम, ट्राफिक तामलाल भट्टराई, अर्जुनकुमार परियारलाई नगद सहित सम्मान गरिएको हो । सोही अवसरमा नाडा लुम्बिनीले निवर्तमान केन्द्रीय अध्यक्ष तथा सफल ब्यवसायी कृष्ण प्रसाद दुलाललाई सम्मानपत्र र दोसल्लाबाट सम्मान गरेको थियो ।
कार्यक्रममा निर्वतमान केन्द्रीय अध्यक्ष दुलाल, सशस्त्र प्रहरी बलमा नायव उपरिक्षक सुरज पाण्डे,बुटवल उद्याेग बाणिज्य संघका अध्यक्ष उज्जवल कसजू,नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेती,बरिष्ठ उपाध्यक्ष सन्तोष पाण्डेय,लुम्बिनी नाडाका महासचिब रोशन पाण्डे लगायतले अटो माबाईल्स व्यवसायीले केवल आर्थिक मात्र नभई सामाजिक क्षेत्रमा समेत योगदान दिदै आएको बताउनुभएको थियो । देशभरमा नाडामा ३ हजार २ सय सदस्य आवद्ध रहेको नाडाले जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)