Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनी प्रादेशिक अस्पतालको स्वास्थ्यकर्मी संघमा नयाँ नेतृत्व,अध्यक्षमा ज्ञवाली

लुम्बिनी प्रादेशिक अस्पतालको स्वास्थ्यकर्मी संघमा नयाँ नेतृत्व,अध्यक्षमा ज्ञवाली

  • 5.1K
    SHARES

  • लुम्बिनी प्रादेशिक अस्पतालको स्वास्थ्यकर्मी संघमा नयाँ नेतृत्व,अध्यक्षमा ज्ञवाली

    बुटवल,जेठ २७ । 

    लुम्बिनी प्रादेशिक अस्पतालमा नेपाल स्वास्थ्यकर्मी संघको नयाँ कार्यसमिति चयन भएको छ ।  स्वास्थ्यकर्मीहरुको भेला तथा अधिवेशनले भिम ज्ञवालीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

    समितिको उपाध्यक्षमा गीता ज्ञवाली, सागर गौतम, सरिता नेपाल र लता श्रेष्ठलाई चयन गरिएको छ । त्यस्तै सचिवमा शिव कवर, सहसचिवमा माधुरी ज्ञवाली, किरणकुमार शर्मा र शर्मिला ज्ञवाली तथा कोषाध्यक्षमा कमला रानालाई चयन गरिएको छ ।

    कार्यसमितिका सदस्यहरुमा तुलसा बस्नेत, श्रीष्टी कोईराला, रमेश न्यौपाने, कृष्ण कार्की, शान्ति थापा, सिरुता कार्की, हिरा घिमिरे, जिन्ता राना, बाबुराम, कविता थापा लक्ष्मी गैरे, भगवती पाण्डे, विन्दु पाण्डे र गीता पन्थीलाई चयन गरिएको छ ।

    लिलाधर दवाडीको अध्यक्षतामा भएको भेला तथा अधिवेशनमा नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रीय उपमहासचिव नेत्रबहादुर राना, रुपन्देहीका अध्यक्ष रामप्रसाद ढकाल, निजामती कर्मचारी युनियन रुपन्देहीका जिल्ला उपाध्यक्ष अनिता बिक थारु, निजामती कर्मचारी युनियनका अध्यक्ष दयासागर पन्थी, बिकास समिति कर्मचारी युनियनका अध्यक्ष भागिरथ राना लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

    health xonal.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology