बुटवल,जेठ २७ ।
२४ घण्टामा १७ जनालाई कोरोना पुष्टि भएको छ । पीसीआर परीक्षणमा ७ र एन्टिजेन परीक्षणमा १० जनालाई कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी दिएको छ।
मन्त्रालयका अनुसार २४ घण्टामा पीसीआर १९१५ र एन्टिजेन ११५५ गरी ३०७० नमुना परीक्षण भएको छ । ७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । कोरोनाबाट कसैको मृत्यु भएको छैन । सक्रिय संक्रमितको संख्या १०९ पुगेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)