Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिलोत्तमामा सम्भावित २० उद्यमी घोषणा

तिलोत्तमामा सम्भावित २० उद्यमी घोषणा

  • 2.5K
    SHARES

  • तिलोत्तमामा सम्भावित २० उद्यमी घोषणा

    बुटवल,जेठ २७ ।

    तिलोत्तमा नगरपालिका र दायित्वको सहकार्यमा सञ्चालित नगर प्रमुख दायित्व ग्रामीण उद्यम दु्रतीकरण कार्यक्रम अन्र्तगत् सम्भावित २० उद्यमी घोषणा भएको छ । कार्यक्रम, तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँडको प्रमुख आतिथ्य, उपप्रमुख जगेश्वर देवी चौधरीको विशिष्ट आतिथ्य तथा उपसचिव गंगाराम आचार्य, आर्थिक विकास शाखा प्रमुख कृष्ण प्रसाद पाण्डेको उपस्थितिमा पालिकामा गरिएको थियो ।

    छनोट भएका २० उद्यमीहरुविना कुमारी पुन (विशाल पशुपंक्षी तथा कृषि फार्मतिलोत्तमा–११), कल्पना बुढा (बाख्रा पालन, तिलोत्तमा–११), सरस्वती बन्जाडे (शिवशक्ति एग्रो फार्म, तिलोत्तमा–१३), बलराम काप्mले (तिलोत्तमा मौरी फर्म,तिलोत्तमा–९), चन्द्रिका लोध (नवदुर्गा तरकारी उत्पादन कृषक समुह, तिलोत्तमा–१४), नर बहादुर आले ( लाङ्घाली बंगुर पालन फर्म, तिलोत्तमा–८), प्रदीप ढकाल (प्रदीप भाई पोल्टी फर्म, तिलोत्तमा–४), प्रकाश चौधरी (लुम्बिनी कृषि तथा पशुपालन फर्मतिलोत्तमा–५), यम कुमारी पौडेल (कुशलमंगल नर्सरी, तिलोत्तमा–७), अर्जुन रिजाल (जागरण बाख्रा पालक कृषि समुहतिलोत्तमा–१२), देउमाया गुरौ (न्यू लेडिज टेलर्स, तिलोत्तमा–९),भगवती बश्याल (वैभव आचार उद्योगतिलोत्तमा–५), रोहित सिंह आले (बिजया पिग फार्म, तिलोत्तमा–१६), मिनु थापा (थापा हस्तकला ट्रेनिङ्ग सेन्टरतिलोत्तमा–१४), चन्दा घिमिरे (चन्दा कृषि फार्म, तिलोत्तमा–६), राधेश्याम लोध (सूर्यकिरण तरकारी उत्पादन कृषक समुह तिलोत्तमा–१४), बिनाचल केवट (दक्षिण कृषि समुह, तिलोत्तमा–९), शान्ति क्षेत्री(लालि गुराँस च्याउ उत्पादनतिलोत्तमा–११), विष्णुमाया (विष्णु वंगुर फार्म, तिलोत्तमा–१४) र दुर्गा भण्डारी (दुर्गा पशुपालन केन्द्र, तिलोत्तमा–१४)रहेकाछन् । यी सबै उद्यमीहरुलाई नगर प्रमुख तथा उपप्रमुखले जनही ५-५ हजार उद्यम चुनौती कोषबाट समेत सम्मान गर्नुभएकोछ । 

    प्रतियोगितात्मक विधिबाट संयोजक गरिएको यस कार्यक्रममा छनोट उद्यमीहरुले उद्यम माईन्ड सेट सेसन, उद्यम अभियान, वित्तिय साक्षरता तालिम, उद्यम नेतृत्व विकास तथा व्यवस्थापन प्रशिक्षण, व्यावसायिक योजना प्रशिक्षण प्राप्त गर्नेछन् । कार्यक्रममा उत्कृष्ट हुनेले रु.१ लाख, अब्बल हुनेले रु.३५ हजार र ८ जनाले जनही १०१० हजार नगद तथा सम्मान पत्र प्राप्त गर्ने दायित्वका लुम्बिनी संयोजक कमल थापाले बताए ।

    कार्यक्रममा, रोजगार संयोजक देवेन्द्र ज्ञवाली, प्राविधिक सहायक विकास न्यौपाने, उद्यम विकास सहजकर्ता शान्ता वि.क. लगायतले धारणा राख्नु भएको थियो । पालिकाका प्रशासकिय अधिकृत सीता घिमिरेको स्वागत, दायित्वका रिप संयोजक संजय पोखरेलको अध्यक्षता तथा दायित्वका लुम्बिनी संयोजक कमल थापाको संचालनमा सम्पन्न भएको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology