Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलको एन्फा आइसोलेसनमा भर्ना भएका २९३ मध्ये २७० जनाले काेराेना जिते

बुटवलको एन्फा आइसोलेसनमा भर्ना भएका २९३ मध्ये २७० जनाले काेराेना जिते

  • 2.7K
    SHARES

  • बुटवलको एन्फा आइसोलेसनमा भर्ना भएका २९३ मध्ये २७० जनाले काेराेना जिते

    बुटवल ,कार्तिक ९ ।

    बुटवलको एन्फा आइसोलेसन सेन्टरमा रहेका कोरोना संक्रमितहरु निको हुने दर बढ्दै गइरहेको छ । बुटवल ११ देबीनगरमा रहेको एन्फा आइसोलेसनमा कोरोना अवधिभरमा २९३ जना भर्ना भएका मध्ये २७० जना निको भएर डिस्चार्ज भएका छन् ।

    अहिले सेन्टरमा जम्मा २३ जनामात्रै रहेको आइसोलेसनका जनसस्वास्थ्य निरिक्षक मिनप्रसाद खनालले नागरिक अनलाइनलाइ बताउनुभयो । आइसोलेसनमा १० बर्षमुनिका २ जना बालबालिका समेत रहेका छन् ।

    एन्फामा कोरोना जित्नेहरुलाइ बिदाइ गर्दै बुटवल उपमहानगरका प्रमुख शिबराज सुबेदीले कोरोना जितेपछि समाजलाइ थप योगदान गर्न समेत सुझाब दिनुभयो । नेपालमा २४ घण्टामा  नेपालभरमा संक्रमणमुक्त हुनेको संख्या ३ हजार ३३६ छ। योसंगै हालसम्म १ लाख ८ हजार ३३४ जना निको भएका छन्।

    आइतबार देशभर ४६ हजार ६९१ जना सक्रिय संक्रमित छन्। भने देशभर भेन्टिलेटरमा ६६ जनाको उपचाररत भैरहेको छ ।

    नेपालमा कोरोना संक्रमित मृतकको संख्या ८ सय ४७ :

    नेपालमा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ८ सय ४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    पछिल्लो २४ घण्टामा देशभर २ हजार ८५६ जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ५८ हजार ८९ जना पुगेको छ। पछिल्लो २४ घण्टामा १२ हजार ३११ जनाको पिसिआर परीक्षण भएको छ। संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा ३ हजार ३३६ छ।

    योसंगै हालसम्म १ लाख ८ हजार ३३४ जना निको भएका छन्। आइतबार देशभर ४६ हजार ६९१ जना सक्रिय संक्रमित छन्। भने देशभर भेन्टिलेटरमा ६६ जनाको उपचाररत भैरहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology