Logo बुधवार, श्रावण १३ गते २०८३
images

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री,पुर्ण समानुपातिक निर्वाचन प्रणाली : कमल थापा

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री,पुर्ण समानुपातिक निर्वाचन प्रणाली : कमल थापा

  • 2.0K
    SHARES

  • प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री,पुर्ण समानुपातिक निर्वाचन प्रणाली : कमल थापा

    बुटवल,जेठ २६ ।

    राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले हिन्दुराज्य र धर्म निरपेक्षताको विषयमा जनमत संग्रह गर्नुपर्ने बताउनुभएको छ । उहांले  बहुमत जनता अहिले पनि हिन्दुराज्यको पक्षमा रहेकाले यो विषयमा जनमत संग्रह्रह गर्नु पर्ने धारणा राख्नुभयो ।

    बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै पुर्व उपप्रधानमन्त्री समेत रहनुभएका थापाले संघिय संरचनामा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने बताउनुभयो ।

    उहाले संघिय संरचनामा एउटा केन्द्रीय सरकार र अझ बढि अधिकार सम्पन्न स्थानीय तहको संरचना निर्माण गर्नु पर्ने बताउनुभयो ।

    संघिय संसदबाट राष्ट्रपति निर्वाचित हुने र पुर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुुपर्ने उहांको माग छ ।
    नेपालमा राजसंस्थाको पुर्नस्थापना अब सधैंका लागि सकिएको भन्दै अब जनताको मत जितेर मात्रै राज संस्था पुर्नस्थापना हुन सक्ने दाबि गर्नुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology