Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तरुण दलको ६८ औँ स्थापना दिवसको पुर्वसन्ध्यामा मावनसेवाश्रममा खाद्यान्न सहयोग

तरुण दलको ६८ औँ स्थापना दिवसको पुर्वसन्ध्यामा मावनसेवाश्रममा खाद्यान्न सहयोग

  • 2.2K
    SHARES

  • तरुण दलको ६८ औँ स्थापना दिवसको पुर्वसन्ध्यामा मावनसेवाश्रममा खाद्यान्न सहयोग

    बुटवल ,कार्तिक ९ ।

    नेपाल तरुण दल क्षेत्र न २ क्षेत्रिय समिति रुपन्देहीले मानव सेवा आश्रम बुटवललाई खाद्यान्न सहयोग गरेको छ ।

    तरुण दलको ६८ औँ स्थापना दिवसको पुर्वसन्ध्यामा एक कार्यक्रमका बिच नेपाली काग्रेस लुम्बिनी प्रदेशका सभासद फखरुद्धिन खानले आश्रमका प्रदेश संयोजक रुपा केसीलाई करीब २५ हजार रुपैया बराबर चामल, दाल, तेल, चाउचाउ, चिउरा, चिनी, आलु, चियापत्ति, साबुन, टुथपेष्ट हस्तान्तरण गरेका हुन ।

    प्रदेश सरकारको बालहटका कारण सदनमा दुर्घटना  : फखरुद्धिन खाँन

    कार्यक्रममा बोल्दै सभासद फखरुद्धिन खानले तरुण दलमा युवाहरु एकतावद्ध भै नेतृत्व र रचनात्मक काममा अग्रसर हुन सुझाव दिए । लुम्बिनी प्रदेशको राजधानी सार्ने विषयमा सिगो तरुण दलको विरोध कार्यक्रमको चर्चा गर्दै सरकारको बालहटका कारण सदन र सडकमा दुर्घटना घटेको दाबी गरे ।

    ‘राजधानी सार्ने कुरा दीर्घकालिन प्रभाव पार्ने विषय हो ।’–उनले भने । भौगोलिक अवस्थिति, पुर्वाधार, विकासका हिसाबमा राजधानी बुटवल वा नेपालगंज उपयुक्त रहेको उनको दाबी छ । प्रदेश सरकारको बालहटका कारण धेरै ठूलो दुर्घटना घटेको र यसको जिम्मा सरकारले लिनुपर्ने उनको दाबी छ । कोभिड १९ को संक्रमणको जोखिमको बेला वर्तमान समयमा स्वस्थ्य उपचार सबैभन्दा जटिल समस्याका रुपमा देखिएको भन्दै उनले सर्वोच्चको निशुल्क सेवन दिनुपर्ने आदेश सरकारले कार्यान्वन गर्नुपर्ने बताए ।

    कार्यक्रममा जिल्ला उपाध्यक्ष फनिन्द्र शर्माले मानवसेवा सबैभन्दा ठूलो धर्म भएको बताए ।नेपाली काग्रेसको भातृ संगठनका रुपमा रहेको तरण दलकै कारण सबल र बलियो बनेको उनको दाबी छ । बेरोजगार युवाहरुलाई उद्यमशिल बनाउने र देशको अर्थतन्त्र उकास्नेतर्फ सरकारलाई दबाब दिने गरि कार्यक्रम गर्नेतर्फ तरुणको अग्रसरता जरुरी रहेको उनले बताए ।help.jpg

    हरेक तरुण राजनीति, ब्यावसाय र सामाजिक कामलाई अनुसरण गर्दै अघि बढ्नुपर्ने उनको सुझाव छ । क्षेत्र नं २ का सभापति हसन्त लामाले युवाहरुलाई एकतावद्घ गर्दै नेतृत्व विकास र सामाजिक काममा अग्रसर रहेको बताए । हरेक वर्ष कार्तिक १० गते स्थापना दिवसमा आफुहरुले सामाजिक कार्यमा थोरै भएपनि योगदान दिदै आएको उनले बताए ।

    कार्यक्रममा नेपाली काग्रेस महासमिति सदस्य दीर्घ बहादुर केसी, नगर सभापति खेलराज पाण्डे, चिरन्जिवी जोशी, नेविसंघ केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेल, जिल्ला अध्यक्ष सोम गुरुङ, जिल्ला कोषाध्यक्ष बासु बश्याल, तरुण दल बुनपा सभापति सुजन पुनले राजधानी सार्ने विषयमा गरिएको आन्दोलनको क्रममा राजनीतिक मुद्दालाई ब्यक्तिगत रुपमा लगाउने काम भएको भन्दै यसतर्फ पार्टीपंक्तिको ध्यानाकर्षण हुनुपर्ने बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology